७५ वर्षीय पुजारीको विभत्स हत्या

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ७५ वर्षीय एक पुजारीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने पुजारी महगु केवटको आज शव फेला परेको हो ।

केवट स्थानीय मन्दिरका पुजारी थिए । उनको आफ्नै कुटी नजीकै शनिबार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जनाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र हत्याराको खोजी गरिएको जनाएको छ ।

यसैबीच विश्वहिन्दु महासंघले पुजारीका हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

बारम्बार हिन्दू आस्थामाथि आँच आउने गरी हत्या, हिंसा आक्रमणको घटना बढ्नुले नेपालको फितलो सुरक्षा व्यवस्थालाई प्रदर्शित गरेको छ ज्ञापन पत्रमा उल्लेख छ ।

विश्व हिन्दु परिषदका जिल्ला संयोजक राजेश गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण’ भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार