अखिल छैठौं दाङको भेला सम्पन्न

दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं जिल्ला समिति दाङ देउखुरीको भेला घोराहीमा सम्पन्न भएको छ । भेलालाई युनियनका केन्द्रीय अध्यक्ष बिमल पोख्रेलले उदघाटन गर्नु भयो ।

भेलामा अखिल नेपाल युवक संघका पुर्ब केन्द्रीय अध्यक्ष काँशिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, युनियनका महासचिव महेश जोशी, केन्द्रीय सदस्य खगेन्द्रा बिष्ट, वसन्त आचार्य, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष टीका विक, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर घर्ती, अखिल नेपाल किसान संघका जिल्ला उपाध्यक्ष मिनु सुवेदी, अखिल नेपाल युबक संघका जिल्ला सदस्य डोर बहादुर केसी, अखिल नेपाल महिला संघ जिल्ला सचिब सारदा थापा, उद्योग व्यापार संघका जिल्ला कोषाध्यक्ष हरि खरेल लगायतले शुभकामना मन्तब्य रख्नु भएको थियोे ।

जिल्ला अध्यक्ष धुर्ब बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सरिता पुनले राख्नु भएको थियोे भने सञ्चालन लक्ष्ममण विकले गर्नु भएको थियोे ।
भेलाले धुर्ब बेल्बासेको अध्यक्षतामा १३ पुर्ण र ४ बैकल्पिक गरि १७ जनाको जिल्ला समिति निबार्चित गरेको छ । जसको उपाध्यक्ष सरिता पुन, सचिब लक्ष्मण विक, सहसचिव राजकुमारी चौधरी, कोषाध्यक्ष मधुकर पुन, सदस्यहरुमा गौतम चौधरी, तृसन केसी, हरि पौडेल, शुस्मा चौधरी, हरि शर्मा, बालाराम न्यौपाने, युजना आचार्य, सुनिता पाण्डे, विक्रम घर्ती, टिकाराम केसी, शुशिला पुन, पारस विसी रहनु भएको छ । सल्लाहकारहरुमा दिनेश रैदास र पुरुसोत्तम शर्मा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार