अखिल (छैठौं) प्युठानको जिल्ला भेला सम्पन्न

सरोज न्यौपाने,
प्युठान । गत असोजमा सुर्खेतको वीरेन्द्र नगरमा सम्पन्न अखिल (छैठौं) को राष्ट्रिय परिषद भेलाले संघीयता विरुद्ध काठमाडौं मार्चको ऐतिहासिक घोषणा गरेको थियो । सोही अनुसार सबै जिल्लामा तयारी भेलाहरु चलिरहेका छन् ।

यसैबीच प्युठानमा पनि अठारौं जिल्ला सम्मेलन पछिको प्रथम तथा संघीयता विरुद्ध काठमाडौं मार्चको तयारी स्वरुप जिल्ला भेला सम्पन्न भएको छ । भेलाले चोपलाल विकको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ, जस अन्तर्गत उपाध्यक्ष– रमेश विक, सचिव– केशव बुढाथोकी, सहसचिव– प्रमिसा खड्का, कोषाध्यक्ष– जगत विक सदस्यहरुमाः प्रकाश जैसी, अपेक्षा गिरी, सुवास विक, प्रकाश सुनार, त्रिविक्रम कुवर, संजय गिरी, गिरिराज रोका, पुजन गुरुङ, गुप्त बहादुर रसाइली, लक्ष्मण पुन, गिता बिसि, सुनिता भण्डारी

वैकल्पिक जिल्ला सदस्यहरुमाः सुलोचना केसी, प्रशान्त जिएम, धिर्कन पपुलर रसाइली र सरिता आचार्य रहनुभएको छ । त्यसैगरी भेलाले ३ सदस्यीय सल्लाहकार समेत निवार्चित गरेको छ, जसमाः सरोज न्यौपाने, बेगम घर्ती र आलोक जिसी रहनुभएको छ ।

भेलाको प्रमुख अतिथि राजमो ५ नम्बर प्रदेश अध्यक्ष बोम बहादुर खत्री, विशिष्ट अतिथि अखिल (छैठौं) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रकाश जिसि, अतिथिहरुमा राजमो जिल्ला सचिव विदुर मल्ल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पुर्व केन्द्रीय सदस्य शंकर प्रसाद पोख्रेल रहनुभएको थियो ।

भेलाको अध्यक्षता चोपलाल विकले गर्नुभएको थियो भने सञ्चालन सरोज न्यौपानेले गर्नुभएको थियो । जगत विकको स्वागत मन्तव्यसँगै सुरु भएको भेलामा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने आगामी कार्यक्रम समेत तय गर्दै समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार