अखिल (छैठौं) बागलुङको अध्यक्षमा गणेश सापकोटा, सचिव विवस छन्त्याल

बागलुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) बागलुङको २४ औँ जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सम्मेलनले गणेश सापकोटाको अध्यक्षतामा १५ सदस्यीय समिति तथा चार सदस्यीय सल्लाहकार चयन गरेको छ ।

समितिको उपाध्यक्षमा हिराबहादुर दर्लामी, सचिव विवश छन्त्याल, सहसचिव एलिना श्रीपाली र कोषाध्यक्षमा गोपाल सुवेदी चयन हुनुभएको छ । सदस्यहरुमा प्रकाश थापा, मिलन सुनार, कर्ण नेपाली, झपेन्द थापा, अर्जुन नेपाली, सुमन बुढा र पुनम गौतम रहनुभएको छ । यस्तै, वैकल्पिक सदस्यमा कृष्ण विक, मोनिका भण्डारी र अन्जु राना चयन हुनुभएको छ ।

सम्मेलनले ईन्द्रमणि पाण्डे, मनिश कँडेल, दिपेन्द्र पौडेल र मदन भुसाललाई सल्लाहकार चयन गरेको छ ।

चैत २० र २१ गते दुई दिनसम्म गलकोटमा चलेको सम्मेलनको उद्घाटन संगठनका केन्द्रीय सल्लाहकार भीमलाल पोखरेलले गर्नुभएको थियो । सम्मेलन तयारीका सिलसिलामा अखिल (छैठौं) बागलुङले जिल्लाका १० वटै पालिकामा रहेका शैक्षिक संस्थाहरुमा संगठन निर्माण गर्नुका साथै ब्यापक प्रशिक्षण सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार