अखिल नेपाल सुकुम्बासी संघ गठन

भूमिहिनलाई लालपुर्जा दिलाउन सरकारलाई दबाब दिने ।

नवराज पौडेल, कपिलवस्तु
मङ्सिर २२ गते

नेकपा (मसाल) निकट अखिल नेपाल सुकुम्बासी संघको राष्ट्रिय भेला शनिबार कपिलवस्तु जिल्लाको भेलाइमा सम्पन्न भएको छ । भेलाले सल्लाहकार सहित १५ सदस्य अखिल नेपाल सुकुम बासी संघ केन्द्रीय समिति गठन गरेको छ ।

जसमाः अध्यक्षमा तुलसी राम सापकोटा, उपाध्यक्ष उत्तममा खरेल, महा सचिवमा हनुमान चौधरी, कोषाध्यक्ष डम्मर केसी, सदस्यहरुमा क्रमशः तिलक परिवार, देवेन्द्र केवट, दल बहादुर घर्ति, हरी केसी, टेक बहादुर मल्ल, लाल बहादुर बुढा र सल्लाहकारमा प्रेम नारायण आचार्य, टंक प्रसाद शर्मा, शिव पौडेल र दिल वहादुर बि.क. रहनु भएको छ ।

तुलसी सापकोटको अध्यक्षतामा सम्पन्न सो भेलालाई अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मीले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको थियो । भेलालाई सम्बोधन गर्दै रेग्मीले वर्षौंदेखि स्थायी रुपमा बसोबास गर्दै आएको भूमिको लालपुर्जा दिलाउन

सरकारलाई दबाब दिने उद्देश्येले यो राष्ट्रिय भेला आयोजना गरेको बताउनु भयो । “विभिन्न कारण ले भूमिहीन भएका सुकुम्बासीहरुलाई संगठित गरी सुकुम्बासीहका समस्या समाधान गर्नुपर्ने आवश्यकाता छ । रेग्मीले भन्नु भयो– “गरिबी, बेरोजगारी, अशिक्षाको कारण सानो प्रोलोभनमा पर्ने र ठुला दलले झुक्काउँदै आएको र जबसम्म सचेत र संगठित भई आवाज बुलन्द गरिँदैन तब सम्म माग पूरा हुँदैन ।”

भेलामा फलफूल तथा तरकारी उत्पादन संघबाट डम्मर केसी, जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिल वहादुर बिक, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केयरसिंह अदै, अखिल नेपाल किसान महासंघका केन्द्रीय सल्लाकर गणेश गौतम, जनजाति सम्मेलनका केन्द्रीय सदस्य नर बहादुर घर्ति, अखिल छैठौं ५ न प्रदेश सदस्य रेसब आचार्य, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य ज्ञान बहादुर चौधरी लगायतले सम्बोधन गर्दै भेलाले सही नीति, कार्य क्रम बनाएर, सुकुम्बासी समस्या समाधानका लागि संघर्षमा आवद्ध हुने बताउनु भयो ।

कार्यक्रम कृष्ण केसीको सञ्चालन, शिव पौडेलका स्वागत मन्तव्य रहेको थियो भने, तराईका १३ जिल्लाहरुबाट सुकुम्बासी निधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार