अधिनायकवाद विरुद्ध संयुक्त आन्दोलन उठाऔं : केसी

गणेश आचार्य,
दाङ, २६ जेठ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले ओली सरकारको असंबैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी एवं राष्ट्रघाती कदमका विरुद्ध संयुक्त आन्दोलन उठाउनु पर्ने कुरामा जोड दिनुभएको छ ।

राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको आयोजनामा सम्पन्न “ओली सरकारको असम्बैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी तथा राष्ट्रघाती कदम र संयुक्त आन्दोलनको आबश्यक्ता” विषयक भर्चुअल अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले उक्त कुरामा जोड दिनुभएको हो ।

“नेपाली जनताले लामो आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरु ओलीले खोस्ने काम गरिरहेका छन् ।” केसीले भन्नु भयो– “उनी सत्ता र स्वार्थको लागि जस्तोसुकै जनघाती र राष्ट्रघाती कदम चाल्न पनि पछाडि पर्दैन्न भन्ने कुरा अब प्रस्ट भैसकेको छ ।” त्यसैले जनतालाई संगठित गर्दै संयुक्त आन्दोलनबाट ओलीलाई हटाइ आन्दोलनबाट उपलब्धिहरुको रक्षा गर्नु पर्नेमा केसीले जोड दिनुभयो ।

मन्तव्यको क्रममा केसीले इतिहासको सम्झना गर्दै नेपालमा राणा, राजा, पञ्च सबै संयुक्त आन्दोलन र जनताको तागतले हटेको बताउनु भयो । ओलीको प्रतिगामी तथा अधिनायकवाद पनि हटने विश्वास व्यक्त गर्नु भयो ।

“सरकारमा अहिले साम्प्रदायिकताबादीहरुको प्रवेश भएको छ । जसको नेपाली नागरिकता नै छैन, उनै अब सरकार सञ्चालक बन्दैछ्न ।” केसीले भन्नु भयो– “यसैले पनि बुझाउछ देशको अबस्था कस्तो छ भन्ने कुरा । कोरोनाले पिडित जनताले अक्सिजन पाइराखेका छैनन, नागरिक सडकमा आउने अबस्था छैन तर ओलीले यहि मौका पारेर राष्ट्रघात गरिरहेका छन् ।”

“हामीले नेपालको विशिष्ट अबस्थालाई हेरेर बारम्बार नागरिकताको प्राब्धान खुकुलो बनाउन हुँदैन भन्यो तर त्यो कुरामा अरु कसैले ध्यान गएन ।” अध्यक्ष केसीले अगाडि भन्नु भयो– “अब अहिले नेपाललाई सिक्किम र फिजी बनाउने डिजाइन सहित अगाडी बढाउँदैछन् । यो कुरा सबैले बुझ्नु पर्छ र संयुक्त आन्दोलन अगाडी बढाउनु पर्छ ।”

राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रबक्ता भरत भण्डारी, नेकपा एमालेका जिल्ला अध्यक्ष टिकाराम खडका, नेकपा माओवादी केन्द्रका जिल्ला सचीव तुलसिराम पुन, जनता समाजबादीका जिल्ला अध्यक्ष होम प्रसाद शर्मा, अखिल नेपाल कानुन व्यावसायि संघका उपाध्यक्ष नुमानन्द आचार्य लगायतले मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रमको सहजीकरण जिल्ला सदस्य सुशील पोख्रेलले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार