अध्यक्ष केसीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । कोरोना संक्रमणबाट ग्रस्त राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणसहित निमोनियाँबाट सघन कक्षमा उपचाररत चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिएका छन्। मन्त्री पौडेलले ट्विटरमा लेखेका छन्-

“राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।

केही दिनयता अस्वस्थ केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। अध्यक्ष केसीको अवस्था सामान्य रहेको पारिवारिक श्रोतले बतायो ।

राष्ट्रिय जनमोर्चाले केसीको उपचारका लागि सहयोगको आह्वान गरेको थियो तर केसीका छोराले बुवाको खर्चको बारेमा सामाजिक संजालमा आएका सबै कुरा झुट हुन् हामीले पैसा उठाउन भनेर कसैलाई भनेका छैनौं भन्दै जानकारी दिएका थिए ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार