अध्यक्ष केसीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्थाप्रति चासो राख्नुभएको छ । राष्ट्रपति कार्यालयले राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेललाई सम्पर्क गरी अध्यक्ष केसीको स्वास्थ्यप्रति चिन्ता जाहेर गरेको हो ।

राष्ट्रपति भण्डारीले अध्यक्ष केसीको स्वास्थ्यलाभको कामना गरेको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका सचिवलाई उदृत गर्दै उपाध्यक्ष पौडेलले युगदर्शनसँग भन्नुभयो, ‘राष्ट्रपतिज्यूले अध्यक्ष केसीको स्वास्थ्य अवस्थाप्रति चासो राख्नुभएको छ । उहाँले केसीको सीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।’

पेटको समस्या, डायरिया, निमोनिया, कोरोना संक्रमण जस्ता रोगबाट जुधिरहनुभएका केसीको पाटनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्थामा केही सुधार भएपनि अझै गम्भीर रहेको छोरी भानु केसीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार