अध्यक्ष केसीद्वारा भावविनी श्रद्धान्जली प्रकट

बेंगलोरका का. सर्वहारा उपनामले चिनिने बहादुर सिंह र हैदरावादका खगेश्वर आचार्यको निधनले सिंगो मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई स्तब्ध बनाएको समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले शोक वक्तव्यमा जनाउनु भएको छ ।

केसीको सो वक्तव्यका अनुसार बहादुर सिंह मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण बेंगलोर नगर समितिका सदस्य तथा एकता समाज बेंगलोरका संस्थापक सदस्य हुनुहुन्थ्यो । वहाँको ३ जुलाई २०२० को राती ११ः३० बेलुकी असामयीक निधन भएको थियो । वहाँ सन १९८२ देखि एकता समाजमा संगठित भई विभिन्न पदमा रहेर संगठनमा योगदान पुर्याउनु भएको थियो । वहाँले पञ्जाबको अमृतसरमा पनि संगठन निर्माण गर्न राम्रो योगदान दिनुभएको थियो । पाटन नगरपालीका ५, ओदाली, वैतडी निवासी बहादुर सिंहले श्रीमती, एक छोरा र दुई छोरीहरुलाई छाडेर जानुभएको छ । वहाँ डायविटिज तथा सुगरको विमारी हुनुहुन्थ्यो ।

त्यसैगरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदरावाद नगर समिति अन्तर्गत हैदरनगर एरिया सदस्य खगेश्वर आचार्यको स्वदेश गैडाकोट नगरपालीका १४, अमरापुरी नवलपुर निवासी ३ जुलाई २०२० को साँझ करिब ८ः०० बजेको हैदरावादमा दुःखद निधन भएको छ । वहाँ डायविटिज, सुगरको साथै किडनीको समस्याले विमारी हुनुहुन्थ्यो । खगेश्वर आचार्यले श्रीमती, एक छोरा र दुई छोरीहरुलाई हामी बीच छाडेर जानुभएको छ ।

वहाँहरु दुबै जना कार्यकर्ताहरुको दुःख निधनले एकता समाजलाई अपूर्णीय क्षति पुगेको छ । वहाँहरुको परिवारमा पर्न गएको दुःखको यस घडीमा धैर्यधारणाको कामना प्रकट गर्दै मृतकप्रति भावविनी श्रद्धान्जली प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार