अध्यक्ष केसीलाई समर्थकको पत्र

सम्माननिय

अध्यक्ष चित्र बहादुर केसी ज्यु
राष्ट्रिय जनमोर्चा

केन्द्रीय समिति ।

विषय : राष्ट्रिय जनमोर्चाको सदस्यता पाउ भन्ने बारेमा ।

महोदय,

म वसन्त मल्ल, मैले राजमोका नीति, सिद्धान्त, कार्यक्रमहरुलाई खास गरेर २०४६ साल देखि यता ७६ सालसम्म नजिकैबाट निहाली रहेको छु । नेपालको हरेक संगिन परिस्थितिमा परिस्थितिको ठोस विश्लेषण, तुरुन्तै निर्णय र कार्यक्रम तयगर्ने एक मात्र पार्टि हो । जस्तै ४६ सालको आन्दोलनलाई बिचमै रोकेर कांग्रेस र बाममोर्चाले राजासँग सम्झौता गर्दा, आन्दोलनलाई तुहाइयो भनेर बिरोध गरि, आन्दोलन जारी राख्ने एक मात्र पार्टी राजमो थियो । ४७ मा राजा बिरेन्द्रद्वारा संविधान जारी हुँदा २ घण्टा भित्रैमा कालो संविधान खारेज गर ¤ भनेर ब्लाक आउट गर्ने पार्टी पनि यहि थियो, किनकी सेना जसको हातमा हुन्छ सत्ता पनि त्यसकै हातमा हुन्छ, राजा शक्तिशाली छन् । सत्ता उनकै छ भन्ने मान्यता थियो, त्यो पछि यथार्थमा परिणत भयो ज्ञानेन्द्रले निरंकुशता कायम गरे ।

४८ सालमा संविधानसभाको चुनाब गराई जनताका प्रतिनिधिबाट बिधान बनाउनु पर्छ भनी संसदीय निर्बाचनलाई बहिष्कार गर्यो । यो बहिष्कारलाई पचाउन नसकेर करिब पार्टिको आधी नेता कार्यकर्ता सहित बाबुराम भट्टराई संसदीय चुनाबमा सहभागी भए । संसदबाट केही हात नपरे पछि प्रचण्डसँग मिसिएर जंगल पस्ने कुरा गर्न थाले अर्थात युद्धगर्ने तयारी गर्न थाले । यो घडिमा पनि राजमोले बारबार सुझाब दियो– “हतार नगरौं जनयुद्धको लागि परिस्थिति तयार छैन ।” अनुकुल परिस्थिती बिना गरेको कार्यले आफैलाई नष्ट गर्छ, तर उनीहरु मानेनन् युद्ध सुरु गरे । राजमोले लगातार भन्दै रह्यो तपाइहरुले गलत गर्नु भहयो । यसले नेपाली जनक्रान्ति पछि पर्ने भयो, तपाईंहरुले क्रान्तिको बाटो छाडेर संसदीय भासमा डुब्ने दक्षिणपन्थी बटो समाउनु भयो भनेर अहिले तिनिहरुलाई भनिए कै स्थान मै आएका छन् ।

१० बर्ष युद्ध गरेर ४७ सालमा लत्ताएको संविधान सभाको माग गर्दै ६२ सालमा फेरि शान्तिपुर्ण आन्दोलनमा आए । राजमोले सकारात्मक भन्यो, स्वागत गर्यो । कहिलै, कुनैकसैसँग पुर्बाग्राही भएन । फेरि जतियता, क्षेत्रीयताका आधारमा संदियताको कुरा उठ्न थाले त्यसबेला पनि गलत मानेर मेची महाकाली जागरण अभियान चलायो । कैयौं नेता कार्यकर्ताहरु माथी सांघातिक आकर्मण भए । ज्यान मार्ने धम्की आए, करोडौं पैसाको अफर आयो तर राजमो नडरायो, न पैसामा बिक्यो । लगातार अहिले पनि नेपालमा संघीयताको बिरोधमा छ । बिदेशीलाई नागरिकता बाड्ने नीतिको बिरोधमा छ । सिमासुरक्षाको मागमा आवाज उठाइ रहेको छ । हत्या बलात्कार, भ्रष्टाचार, तस्करी, दलालि र एमसिसिको विरुद्धमा लगातार सदन र सड्कमा आन्दोलनरत छ । त्यसैले मैले पनि राजमोको यो न्यायिक बाटोमा हिड्ने, सहयात्री बन्ने निर्णय लिएको छु । पार्टीको नीति र अनुशासनको दायराभित्र रहेर कृयाशिल रहने छु ।

अतः राजमोको सदस्यता प्राप्ता हुनेछ भन्नेमा म पुर्ण आशाबादी छु ।
उहीँ
न्यायप्रेमी नेपाली नागरिक
वसन्त मल्ल

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार