अनाम तहको सभामा अनाम व्यक्तिहरुको उपस्थिति

  • केवी बगाले

किन ल्याइयो यो परिस्थिति, कि खुलेर आउ
कि कबुलेर आउ, कि भुलेर आउ
तर पुरानो बोतलमा, विष घोलेर नआउ ।

“मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारत स्तरीय भर्चुअल विशाल आमसभामा सहभागी बनौं” भन्ने नारा सहितको ब्यानर टोलदेखि केन्द्रसम्मको कुनै पनि तह नभएको अनाम तहको आयोजनामा कार्यक्रम अचानक समाजिक संजालमा देख्दा कुनै पनि मूल प्रवाहका टोलदेखि केन्द्रसम्मका कार्यकर्ता र संगठनकर्ताहरु मौन बस्ने सक्ने छैनन्, तर अनाम तहको आयोजकले न शाब्दिक रुपबाट र न व्यावहारिक रुपबाट स्पष्टता पारेको भने देखिएको छैन । किन कि जुन विशाल आमसभा व्यानरमा प्रचार गरिएता पनि भनिएता पनि आखिर त्यो आमसभालाई तपसिलका बक्ताहरुले सम्बोधन गर्नु हुनेछ भनेर साफ शब्दमा भनिएको छ ।

यहाँ तपसिल भन्नाले के बुझिन्छ भने कुनै पनि बक्ताहरु आफू रहेको आफ्नो स्थानबाट पारस्परिक रुपले नै छुटाकारा पाएका व्यक्तिहरु हुन् भन्ने बुझिन्छ । शुद्ध नेपालीमा भन्नुपर्दा बक्ताले स्वयं आफुले छुटकारा पाइसकेको हुँदा उक्त व्यक्तिले आफैलाई लागेको कुराहरुको सम्पूर्ण नालीबेली बयान गर्ने भन्ने बुझिन्छ । वहाँहरुसँग कुनै प्रकारको रोकटोक, नीति, सिद्धान्त, विधान, पद्धती मान्नु पर्ने रहेन भन्ने नै हो ।

यहाँनेर अर्को विषय के पनि देखापर्दछ भने आफ्नो पुरानो स्थानमा प्रत्यायोजित आफ्नो गतिविधिबाट छुटाकारा पाइसकेपछि कुनै उच्च–शिर्षस्थ व्यक्तिद्वारा अधिनस्टबाट सोही प्रकारले विशिष्ट आधिकार प्रदान गर्नको लागि प्रत्यायोजन डेलिगेशन हुन आएको बुझिन्छ । जसले प्राथमिक विधान र एक विस्तृत रुपरेखा र फरक सिद्धान्त या अवधारणा प्रस्तुत पनि गर्दछ । प्रस्तुति गर्दा जनोत्प्रेरक भावबाट अथवा केही मानिसहरुको भावना जगाएर वा उसको भावनालाई भटकाएर साथ र समर्थन जुटाउने प्रयत्न गर्दछन् । साथै आम कार्यकर्ता तथा शुभचिन्तकलाई युक्तिसंगत तर्क दिएर होइन भ्रम छरेर उक्साउने गर्दछन् ।

त्यतिबेला उनीहरुलाई निस्तै र निख्लो ढङ्गले कुनैपनि अवधारणा र विचारहरु आफ्नो घाँटीबाट नछिर्ने भएकाले आखिर अरु कुनै तरिकाबाट त्यसलाई निल्न कै लागि अपनाएको भएपछि त्यसो गर्नु स्वभाविक नै हो । त्यसका लागि छक्काउने तरिकाबाट त्यसलाई निल्ने र पचाउने प्रत्यक्ष प्रयत्न गर्दछन् । उदाहरणतय कुखुराको पोथीको जस्तो छक्काउने शैलीबाट निरन्तर भ्रम छर्ने काम उनीहरुको रहँदै आएको छ । जसरी कि कुखुराको हरेक पोथीले एकातिर शोर मच्चाउने र अर्कोतिर अण्डा पार्ने शैली अपनाउँछ । त्यही शैली अनुरुप भारत स्तरीय अनाम तहको सभामा उपस्थितिको लागि उपनाम शैलीबाट हुनगैरहेको आमसभाको औचित्य पारस्पारिक रुपमा जिम्मेवारी छुटकारा पाएका व्यक्तिहरुको हो भन्ने स्पष्ट भएको छ । यसरी बोलाइएको आमसभामा आखिर छुटकारा पाएका व्यक्तिहरुले कहिलेसम्म भ्रम छर्ने छन् ? त्यो भ्रमलाई जबसम्म संगठनप्रति इमान्दार र प्रतिवद्ध कार्यकर्ताहरुले चिर्दैनन् त्यति वेलासम्म आमसभा राख्दै र आफूलाई खाटी “मूल प्रवाह” बताउँदै जानेछन् ।

आखिरी विदाईको लागि नै गरिएको आमसभाको हो भने पनि “मूल प्रवाह”को नामबाट नै किन आम सभा राख्नु पर्यो त ? यसको तात्पर्य पनि गहिरो छ । किनकि अर्को शब्दमा भन्नुपर्दा तपसिलको अर्थ तपस्या पनि हो । तपस्याको अर्थ लामो समयसम्म नीति र सिद्धान्तमा प्रतिवद्ध र अविचलित रुपमा रहुन पनि हो । तर वहाँहरुमा त्यसो गर्न सक्ने सामथ्र्य भने देखिंदैन । तर त्यसो गरेर वहाँहरुले भारत प्रवासमा मूल प्रवाहलाई आफ्नो अधिनस्त भएको भ्रम अन्य संघ संस्थाहरुलाई पनि देखाउन खोजिरहनु भएको छ । त्यसबाट वहाँहरुको निहित स्वार्थ लुकेको छ । वहाँहरुले कार्यक्रममा उपस्थिति भएकाहरुको टाउको गिनाएर अमुक तपसिलको पार्टीसँग नेतृत्वको लागि वार्गेनिङ गरिरहनु भएको छ । समग्रमा भन्नु पर्दा “मूल प्रवाह”को अनाम तहको आयोजनाको औचित्य पनि यहि हो ।

यदि क्रान्ति र परिवर्तनका लागि पार्टी र संगठनमा आवद्ध भएका हौं भने आफुले जुन स्थानबाट छुटकारा हुनपर्यो त्यसबाट पूर्णरूपमा शिक्षा लिएर क्रान्तिकारी आन्दोलन र उद्देश्यका लागि निरन्तरता दिनुको विकल्प छैन । कुनै कार्यकर्ता वा संगठनकर्तालाई चित्त नबुझेको अवस्थामा अनुशासनमा रही आफूरहेको उच्च समितिमा आफुलाई लागेका विषयहरुमा समयमै स्पष्ट हुन आवश्यक छ । अन्यथा यसप्रकारका गतिविधिले सिंगो संगठन, देश, जनता र राजनीतिलाई नै प्रत्यक्ष असर पर्नेछ । त्यसका लागि केन्द्रदेखि टोल स्तरसम्म यसप्रकारका भ्रामक प्रचारबाट स्पष्ट हुन अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार