हेम बिजी
आफै बोल्ने मान्छे किन
बोलाउदा नि बोल्नु हुन्न !
धेरै दिन भो निदाएको
किन आँखा खोल्नु हुन्न !!
छिट्टै उठ्नुहोस् माटो भित्र
फेर्न स्वास गाह्रो हुन्छ !
रगत जिऊमा जम्यो भने
मुटु पनि साह्रो हुन्छ !!
फर्कि किन आउनु हुन्न
निष्ठुर किन बन्नु भयो !
हामी सँग टाढा हुदा
नत जान्छु भन्नु भयो !!
मुटु बन्द हुने बेला
आँशु मात्र झार्नु भयो !
बाँच्ने समय लामो छदै
शोकाकुलमा पार्नु भयो !!
कति ईच्छा थिए होलान्
जिवन भरि पूरा गर्ने !
भन्न पनि पाउनु भएन
स्वास रोकियो कुरा गर्ने !!
छोरा छोरी बेहाल भए
किन अझै आउनु हुन्न !
घरमा जस्तो माया अब
अर्को संसार पाउनु हुन्न !!
बाँच्ने मान्छे जिउँदै जल्छन्
किन मान्छे मर्ने गर्छन् !
सँझी सँझी जिवन भरि
पलपल आँशु झार्ने गर्छन् !!
विश्वास अझै लाको छैन
यि आँखाले जिउँदै देख्छ !
प्रदेश घुम्न गाको जस्तै
यि हातले पत्र लेख्छ !!
धड्कन बन्द भयो भन्छन्
आँखा वरिपरि झलझली !
साँच्चै मृत्यू हो नै भने
हार्दिक अन्तिम श्रद्धाञ्जली !!
( ११ औं दिनको पुण्य तिथिमा भाउजु प्रति अन्तिम श्रद्धाञ्जली )