अलपत्र नेपाली परिवारका, मनकारी सारथि

मुम्बई । कोरोना भाइरस (कोभिड–१९) का कारण भारतका बिभिन्न शहरहरु बन्दाबन्दी (लकडाउन) मा परेका छन्। यस्तो अबस्थामा मानिसहरुलाई हिडडुल गर्न प्रतिबन्ध गरिएको छ।

भारतको दिल्ली, मुम्बई, हैदारावाद, गोवा, पुणे लगायतका शहरहरुमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ। यी शहरहरुका कम्पनी, होटल, रेस्टुरेन्ट लगायत नेपालीहरुले काम गर्ने ठाउँहरु कोरोनाका डरले बन्द भएका छन्।

काम गर्ने ठाउँहरु बन्द भएपछि सबैभन्दा बढि मारमा नेपाली कामदारहरु परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। हैदारावादमा काम गर्ने एक नेपाली परिवार अलपत्र परेपछि हिक्सओपस मोडुलर वल्र्ड प्रालिले उद्धार तथा सहयोग गरेको छ। हुम्लाको सिमिकोट गाउँपालिका घर भएका प्रदिप बोहोराको परिवारलाई प्रालिले खाना तथा बस्नको लागि ब्यबस्था मिलाएको प्रालिका निर्देशक दिनेशप्रसाद आचार्यले जानकारी दिए।

उद्धारपछि बोहोरा परिवारले प्रालि र सहयोगीदाताहरुमा खुशी ब्यक्त गरेका छन्। हिक्सओपस मोडुलर वल्र्ड प्रालिका निर्देशक प्रेम सिजापति, दिनेशप्रसाद आचार्य र रिर्सच स्कलर दिलिप आचार्यको सहयोगप्रति आफ्नो परिवार आभारी भएको उनले बताएका छन्। प्रालिले भारत तथा नेपालमा बिभिन्न स्थान र ब्यक्तिहरुलाई सहयोग समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार