अहमदावाद बापुनगरमा मूल प्रवाहको एरिया समिति गठन

अहमदावाद, २२ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित अहमदाबाद नगर समिति अन्तरगत बापुनगर अजितमिलमा २२ जुलाई २०२१ का दिन श्रमजिवी नेपालीहरु मूल प्रवाहमा संगठित बनेका छन् ।

मनोज बिकको सञ्चालन र कृष्ण जोशीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीको उपस्थिथि रहेको थियो । भेलामा सहभागिहरुलाई मधु थापाले स्वागत गर्नुभएको थियो । भेलाद्वारा कृष्ण जोशीको अध्यक्षतामा बापुनगर अजितमिल एरिया समिति निर्माण गरिएको छ । जसमा : उपाध्यक्ष– टीकाराम सोनी, सचिव– मनोज विक, सहसचिव– अमर श्रेष्ठ, कोषाध्यक्ष– मधु थापा, सदस्यहरुमाः दिल बहादुर परियार, हिमाल चौधरी, दिपक नेपाली, भरत विक, बैकल्पिक सदस्यमा सुनिल सोनी र दिलनाथ योगि रहनुभएको छ । त्यस्तै भेलाले गोपि विक र ललित नेपालीलाई सल्लाहकार चयन गरेको छ ।

नयाँ समितिलाई क्षेत्रीय अध्यक्ष तथा केन्द्रीय सचिव बेद बहादुर कार्कीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार