अहमदावाद बैजलपुरमा मूल प्रवाहको एरिया गठन

बैजलपुर, २१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली  एकता  समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित रहेको अमदाबाद नगर समिती अन्तर्गत बैजलपुरमा एरिया भेला सम्पन्न भएको छ ।

बेजलपुर स्थित श्रमजिवी नेपालीहरु बीच केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, केन्द्रीय सचिव बेद बहादुर कार्कीको विशेष उपस्थिति तथा नगर उपाध्यक्ष चाम बहादुर घर्तिको सक्रियतामा सो एरिया भेला सम्पन्न भएको हो ।

भेलामा निम बहादुर कुँवरको सञ्चालन र विक्रम  अधिकारीको  अध्यक्षताबाट अगाडि बढेको थियो । भेलामा सहभागिहरुलाई खुम बहादुर डागीले स्वागत गर्नुभएको थियो ।

केन्द्रीय सदस्य गोविन्द बहादुर थापा र पश्चिम भारत क्षेत्रीय  अध्यक्ष तथा केन्द्रीय सचिव बेद बहादुर कार्कीले संगठनको आवश्यकता  र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

भेलाले बिक्रम अधिकारीको अध्यक्षतामा बैजलपुर एरिया समिति निर्माण गरिएको छ । जसमा : उपाध्यक्ष– निमबहादुर कुँवर, सचिव– तिलकमान वली, सहसचिव– दिपक कु“वर, कोषाध्यक्ष–  खुमबहादुर डागि, सदस्यहरुमाः दिपक खड्का, प्रदिप केसी, दल बहादुर डागि, राम बहादुर गन्धर्व, हरि शर्मा, चामबहादुर घर्ती, वैकल्पिक सदस्यमाः सुरज कार्की र मनिता घर्ती मगर रहनुभएको छ । त्यस्तै सल्लाहकारमाः नन्दा मगर र लाल बहादुर मगर रहनुभएको छ ।

नयाँ समितिलाई बेद बहादुर कार्की र गोविन्द बहादुर थापाले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार