आक्रोस अनुमान र अनुशासन

हेम विजी

कामरेड
कुनै युगको ईतिहास पढ्दा
एउटा बुढो रूखको भाँचिएर हाँगो
तिम्रो शरिरमा बज्रिएकै हो
त्यो युगमा
तिम्रो जिऊ हात र पाउमा
चोट लागेकै हो
त्यसैले
आज पोखिरहेका छौं तिमी
बुढो रुख
र हाँगो माथि आक्रोस !

कामरेड
युग बदलिएको छ
समय बदलिएको छ
र वर्तमानको बात पनि बदलिएको छ
त्यसैले
फेरी भाँचिएला र हाँगो
फेरी लाग्ला र
तिम्रो जिऊ हात र पाउमा चोट
कति पुरानो छ
तिम्रो आशङ्का र अनुमान !

कामरेड
जब त्यो तातो घाम
धर्ति जलाउन धर्ति सम्म आउछ
बस्ति पगाल्न बस्ति सम्म आउछ
त्यति बेला
घामको प्रतिकार गर्न
एक छिन तिमी
रुखकै हाँगो मुनि उभिनु पर्ने होईन र
खोई त
तिमी त ईतिहास कालो बनाउदै
न मान्यौ अनुरोध
न मान्यौ अनुशासन !!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार