आगरामा नेपाली महिलाको निधन

आर.के. दत्ता/
आगरा, २४ मई । भर्खरै प्राप्त जानकारी अनुसार करिब पचास बर्षिय श्रीमती पूजा सिंह नामकी नेपाली महिलाको उत्तर प्रदेशको आगरामा दुःखद निधन भएको छ । उनी पप्पू सिंह थापाकी पत्नी थिइन् । इन्डष्ट्रीयल एरिया, सिकन्द्रा, आगरामा रहँदै आएकी उनको २३ मई २०२०, दिउँसो २ः०० बजे दिल्लीमा निधन भएको पारिवारिक श्रोतबाट जानकारी प्राप्त भएको छ ।

विगत डिसेम्बर महिनामा दुबै मृगौला र लिभरको संक्रमणले बिमार हुन पुगेकी पूजा सिंहकी एस.एन.मेडिकल कलेज आगरा अस्पतालमा उपचार पछी, स्वस्थ्य स्थितिमा केही सुधार आएको थियो तर दुर्भाग्यवस लकडाउनको कारणले माईती घर दिल्लीमा फसेकी पूजा सिंहको नियमीत उपचार र दवाईको अभावले स्वस्थ्यमा प्रतिकूल असरको कारण दुःखद निधन हुन पुगेको छ ।

विगत जनवरी महिनामा पूजालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति आगराले स्वस्थ्य उपचार हेतु आर्थिक सहयोग प्रदान गरेको थियो । त्यस पछी पूजाको स्वस्थ्यमा क्रमिक सुधार भएको थियो तर विश्वव्यापी महामारी कोरोना भाईरसले ठप्प हुन पुगेका मेडिकल विभागहरुको कारणले गर्दा धेरैले ज्यान गुमाइरहेका छन् । यसको शिकार स्व. पूजा पनि बनिन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार