आज एतिहाँसिक महत्व बोकेको दिन ८ मार्च

  • सुरेशकुमार पाण्डे

आजको दिनलाई दुनियाँ भरिका महिलाहरुले ऐतिहासिक दिवसको रुपमा मनाउँदै आएका छन् । महिला पर्वलाई मनाउँने ढंग उदेश्य फरक फरक पनि हुन सक्छन् । महिला यो दिनलाई महिला शशक्तिकरणको रुपमा मनाउँछन् । समय बित्दै जाँदा महिला पर्व पनि बर्गिय बन्दै गएको छ ।

वास्तवमा शोषित पिडित महिलाहरुले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको रुमा मनाउँदै आएका छन् । सन १९०७बाटै यो दिवसलाई मनाउँने बारेमा पहल हुँदै आएको थियो । कयौँले १९०९ मा पनि कताकति मनाएका छन् ।

तर यो ऐतिहासिक दिवसलाई ब्यबस्थित रुपमा सन १९१० मा सर्व सहमति भए पछि सन १९११ बाट नियमित रुपमा प्रत्येक बर्ष ८ मार्चलाई मनाउँदै आएका छन् । ८ मार्चलाई महिला दिवसको रुपमा मनाउँने प्रस्ताब ल्याएकि महिला क्लारा जेट्किन हुन् ।

समय बित्दै जाँदा बिभिन्न बिचारहरुले हाँगा हाल्न थाल्छन् । हरेक ब्यक्ति समूहले आफ्नो उदेश्य कसरी पुरा हुनसक्छ त्यहि रुपमा यस्ता ऐतिहासिक दिनहरुलाई आफु तिरै लक्षित गरेर मनाएका हुन्छन् । ठुला–ठुला होटेलहरुमा अश्लिलता पस्केर, उनीहरु मोडल हुनुमा गौरभ गरेर, सुन्दरी प्रतियोगिता र छाडा नाच गान गर्नेहरुले पनि यो दिवश कै आडमा गर्दा धेरैलाई भ्रम भएको छ । तर यो दिनलाई संसार भरिका समाजवादी मुक्तिकामीहरुले बहु संख्यक मानव समाजको हितमा यो ऐतिहासिक दिवसलाई जोगाएर यसको मुख्य उदेश्यको रक्षा गर्दै आएका छन् । यस्ता गलत बिचार जसले महिलाहरुको स्वाभिमानमा नकारात्मक प्रभाव पार्छ ति सबैको बिरोध र भण्डाफोर्ड गर्दै प्रगतिशिल र राष्ट्रियता जनतन्त्रलाई स–सम्मान गर्दै बर्ग संघर्षको एउटा बलियो कढीको रुपमा स्थापित गर्ने उदेश्यले यो दिवशलाई महिलाहरुको हितमा लक्षित गर्दै मनाउँने गरिन्छ ।

अहिले दुनियाँ भरि फैलिएको संक्रमित रोग “कोरोना भाईरस”ले गर्दा यो बर्षको महिला दिवसलाई प्राभाव पारेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका कयौँ घोषित कार्यक्रमहरु स्थगित भएका छन् । तर पनि मिहालाहरुको महान र ऐतिहासिक पर्व आउने बर्षहरुमा ब्यापक र भब्य बन्ने छन् ।

महिलाहरुले आफ्नो हकहित प्राप्तिका लागि इङ्कित गरेर महिला पर्व मनाउँदै आएको ईतिहास छ । अहिले देशमा एमसीसीको बिरुद्धमा ब्यापक आवाज उठेको बेला त्यसको बिरुद्धमा यो कार्यक्रमले पनि एउटा कढि थप्ने थियो । साथै छिमेकि देशमा एनआरसीको माध्यामबाट हामी सन १९५० को संन्धि र सन १९१५–१६ को सुगौलि सन्धिबाट आएका नेपालीहरुलाई उक्त सन्धि द्वारा प्रज्वोलित अधिकारलाई चुनौति दिएकै बेला यस्ता कार्यक्रमहरुको प्रवाशमा पनि ठुलो महत्व राख्द छन् । अहिले विश्वमा फैलिएको कोरोना भाईरसले गर्दा यस्ता बिरोध प्रदर्शनका कैयौं कार्यक्रमहरु प्रभाबित भएका छन् । तर पनि भविष्यमा यी तमाम जनबिरोधी नीतिहरुको बिरुद्धमा लक्षित गरेर यस्ता अन्तर्राष्ट्रिय दिवशहरु आयोजना हुने नै छन् ।

८मार्च २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार