आज समता केन्द्रीय विभागको आयोजनामा अन्तर्क्रिया कार्यक्रम हुने

नयाँ दिल्ली, २२ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत रहेको समता विभागको आयोजनामा आज आइतबार अनलाईन अन्तर्क्रिया कार्यक्रम हुने जानकारी प्राप्त भएको छ ।

समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले हामीलाई दिएको जानकारी अनुसार समता केन्द्री विभागको आयोजनामा “दलितहरु माथि बढ्दो ज्यादतीका घटनाहरु तथा दलित आन्दोलनको प्रश्न” विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न हुने छ ।

कार्यक्रममा अखिल नेपाल जातीय समता समाज केन्द्रीय समितिका सल्लाहकार राजेश विकको प्रमुख आतित्थ्यता रहने र वहाँले नै आधार पत्र प्रस्तुत गर्नु हुनेछ । त्यस्तै नेपालबाट विभिन्न मोर्चाहरुबाट आतित्थ्यता रहने समेत अध्यक्ष केसीले हामीलाई जानकारी दिनुभएको छ । केसीका अनुसार आज दिउँसो ठिक २ः३० बजेबाट कार्यक्रम शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार