आमा !

कासिराम शर्मा 

एक चोटि फेरि पनि हजूर सँगै बसेर
त्यसैगरी यो आंकाशमा
जुन र ताराहरूको सुन्दर
चमक लाई हेर्दै
यो जुनेली रातमा
त्यो काखमा निदाउने मन छ १

त्यही बालापनमा
फर्केर जान मन छ
अनि ,
बैनी र घरपरिवारको साथमा
सँगै ताराहरू गन्ने मन छ
तर सधैंका लागि
अधुरै भएका छन्
मेरा सपनाहरू ११

आमा १
तपाई नै भन्नुहुन्थ्यो नि
सपना सधैं सपना मात्रै
हुन्छन् भनेर
हो आज यहि कुरा
वास्तविकतामा परिणत
भएको छ १

ती बालापनका यादहरू
केवल मेरो मन सपटलमा
मीठो स्मृतिका मात्रै
रुपमा सजिएका छन्
मलाई थाहा छ ती सपनाहरू
कहिल्यै पूरा हुँदैनन्
तर पनि
निकै नै प्यारा हुन्छन्
धेरै यादहरू १

आज समयले
हामीलाई फराक फराक
दिशामा लगिसकेको छ
तर यादहरूलाई
पनि सँगै लान सकेन है
यो समय
कति निर्दयी रहेछ आमा
यो समय पनि
जसले आफ्नाहरूलाई
खोसेर कोषौं टाढा
पुर्‍याउन सक्यो तर
त्यही आफ्नाहरूको
सम्झना लौईजान नै बिर्सेछ
आमा। धन्यवाद।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार