इन्द्रा कुमारी गुरुङप्रति भावपूर्ण श्रद्धान्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर हैद्राबाद नगर समितिद्वारा सञ्चालित सदासिवपेट एरिया समितिकी सदस्य इन्द्रा कुमारी गुरुङ्गको निधनले हामीलाई स्तब्ध बनाएको छ । वर्ष ५४ की इन्द्रा कुमारी लामो समयदेखि प्रेसर र दमको बिरामी हुनु हुनुहुन्थ्यो ।

उहाँ नेपाल घर खोला सुन्दर घम्राङ्ग गाउँ ८ लम्जुङ्ग निवासी खड्क बहादुर गुरुङ्गकी धर्मपत्नी हुनुहुन्थ्यो । हाल वहाँहरु हैदराबादको सदासिवपेठमा रहँदै आउनु भएको थियो । वहाँले श्रीमान र चार छोरीलाई हामी छाडेर जानु भएको छ ।

मृतक इन्द्रा कुमारी गुरुङ्गप्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोक संतप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्नुका साथै धैर्यधारणाको कामना गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
नगर समिति उत्तर हैदराबाद

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार