उत्तर हैदराबादमा १४३ औं स्टालिन जयन्ती सम्पन्न

तिलक राना,

उत्तर हैदराबाद । अन्तर्रास्ट्रिय एकताका लागि प्रवासी नेपालीहरुको मञ्चद्वारा आयोजित १४३ औं स्टालिन जयन्तीको अवसरमा मध्य दक्षिण क्षेत्रीय समिति अन्तरगत उत्तर हैदराबादमा स्टालिन जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्षता मोहनलाल शर्मा, कृष्ण प्रसाद पौडेलको सञ्चालनबाट अगाडि बढेको थियो । ज्ञात अज्ञात सहिदहरुको संझनामा एकमिनेट मौनधारण पछि कल्पना पौडेलले उपस्थित जनसमुदायलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेल, क्षेत्रीय सदस्य घनश्याम शर्मा, नगर सदस्य धन बहादुर थापा, लाल बहादुर थापा, एरिया समितिका प्रताप शर्मा र सन्तोषी गौतम, क्षेत्रीय महिला विभागकी सचिव पुष्पा पौडेलले अतिथि आसन ग्रहण एवं आ-आफ्ना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार