उत्तर हैदराबाद नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न

रामप्रसाद पौडेल

हैदरावाद उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर हैदराबाद नगर समितिको आयोजनामा अनलाईन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त प्रशिक्षण कार्यक्रम कोरोना भाइरसको काराणले गर्दा आक्रन्त बनेको बर्तमान परिपेक्षमा प्रत्यक्ष जम्मा भएर कार्यक्रम गर्न सम्भब नरहेको सन्दर्भमा कार्यकर्ताहरुको चेतना अभिबृद्धी तथा कतिपय अस्पष्टताहरुलाई स्पस्ट पारी संगठनको बिकास तथा वृद्धि गरेर व्यापक बनाउन महत्वपूर्ण भुमिका रहेको छ ।

सो प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, अतिथिहरुमा : कार्यबाहक महासचिव ठाकुर खनालले देशको समसामयिक राजनैतिक सन्दर्भमा, केन्द्रीय सचिब प्रेम पौडेल, केन्द्रीय सदस्य रामप्रसाद आचार्य, सल्लाहकार धनबीर पुन, मध्य दक्षिण क्षेत्रीय समितिका सदस्य घनश्याम शर्मा लगायतको आतित्थ्यता रहेको थियो ।

प्रशिक्षकहरुले एकता समाज बारे, वर्तमान राजनीतिक अवस्था बारे, मध्य दक्षिण क्षेत्रको बिगत र बर्तमान अवस्था र आगामी कार्यक्रम बारे, संगठनमा अनुशासनको महत्व बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन नगर सचिब जिवनाथ शर्माले र अध्यक्षता नगर अध्यक्ष मोहनलाल शर्माले गर्नुभएको थियो । वीर सहिदरुप्रतिको एकमिनेटको मौनधारण पश्चात नगर कोषाध्यक्ष तेजेन्द्र प्रसाद शर्माले स्वागत मन्तब्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय सचिब खिम बहादुर बिक, केन्द्रीय सदस्य फुलबीना पौडेल, केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले आतित्थ्यता ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार