उदयपुरमा थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं । बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएका नमुनामध्ये बुधबार ३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

प्रवक्ता डा. देवकोटाका अनुसार वर्ष २४, ६० र ७२ का पुरुषहरुको नमुना पोजेटिभ देखिएको हो । क्वारेन्टाइनमा रहेका ती संक्रमित व्यक्तिहरुलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

यसैगरी बुधबार २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालबाट २९ वर्षिय पुरुष १९ दिनपछि र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट ३२ वर्षिय पुरुष २९ औं दिनमा डिस्चार्ज भएका हुन् । मंगलबार सेती प्रादेशिक अस्पतालबाट २९ दिनपछि एकजना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताउनुभयो । बुधबारसम्म उपचारपछि निको भएर डिस्चार्ज हुनेहरुको संख्या ७ पुगेको छ ।

अहिलेसम्म स्वाव नमुना संकलन (पिसिआर) र -यापिड डाइग्नोष्टिक विधिबा गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ । अहिलेसम्म देशभरी ४० हजार बढी परीक्षण भएका छन् । पिसिआर र -यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट गरी ४० हजार ४ सय ३१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट ९ हजार ११ र आरडिटी विधिबाट ३१ हजार ४ सय ३० नमुना परीक्षण भएका छन् । गत २४ घण्टामा ३ हजार ७ सय ३६ परीक्षण भएको प्रवक्त देवकोटाले बताउनुभयो ।

सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ । प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ३ हजार ९७, प्रदेश नम्बर २ मा ३ हजार ९ सय २५ र बाग्मती प्रदेशमा ५ हजार ९ सय १५ परीक्षण भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा ४ हजार २ सय ७२, प्रदेश नम्बर ५ मा २ हजार ५ सय ९६, कर्णाली प्रदेशमा ४ हजार ३ सय ८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार ३ सय ७ वटा परीक्षण भएका छन् । देशभरी ८हजार ५ सय ९५ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ र उपत्यका बाहिर ९२ जनासहित देशभरी ९५ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार