उहानबाट सिकौं 

– मनोज भट्ट

चीनमा कुल मिलाएर ३४ वटा प्रान्त छन् । त्यस मध्ये हुवेई पनि एउटा प्रान्त हो । हुवेई प्रान्तको राजधानी (सदरमुकाम) उहान हो । यही उहानबाट सन् २०१९ को डिसेम्बर महिनाको अन्त्य तिर कोरना भाईरसका सङक्रमित बिरामी देखापरेका थिए । त्यो भाईरस विश्वव्यापि फैलिएर महामारीको रुप लिएको छ । चीनले हुवेईको उहानबाट उत्पत्ति भएको यो रोग माथि एक हदसम्म नियन्त्रणमा लिन सफल भईसकेको छ । यद्यपि यो जिवाणुबाट फैलिने रोगमाथि विजय प्राप्त गर्न सकेको छैन ।
यो महामारी माथि नियन्त्रण कायम गर्ने दौरानमा चीनले महत्वपूर्ण अनुभव सङगालेको छ । त्यो अनुभव कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि विश्वको मानव जातिलाई महत्वपूर्ण पूँजी सावित भएको छ । चीनले सङगालेको अनुभवलाई व्यवहारमा कार्यान्वयन गरेको हुनाले दक्षिण कोरिया र सिङगापुरले छोटो अवधिमाकम क्षती व्यहोरेर यो महामारी माथि नियन्त्रण कायम गर्न सफल भएका छन् । तर अमेरीकाले चीनको अनुभव र विश्व स्वास्थ्य सङगठनले दिएको सुझाव, चेतावनी र बारम्बार सर्तक गराउँदा पनि उपेक्षा गरेको हुनाले त्यहाँमहामारीले भयावह रुप लिएको छ । अमेरीकामा फैलिरहेको महामारी र त्यसले पु¥याएको क्षतीबाट अमेरीकन प्रशासन असन्तुलित भईरहेको छ । त्यसको परिणाम अमेरीकाले विश्व स्वास्थ्य  सङगठन र चीनलाई विभिन्न प्रकारका आक्षेप लगाउने गरेको छ । विश्व स्वास्थ्य सङगठनलाई चीनतर्फ ढल्केको आरोप लगाउनुका साथै विभिन्न प्रकारका धम्की दिइरहेको छ । अहिले हेर्ने हो भने अमेरीका र विश्व स्वास्थ्य सङगठनका बीच एक प्रकारको सीत युद्धको अवस्था जस्तै चलिरहेको छ ।
चीनले महामारीलाई नियन्त्रण गर्न देखाएको तत्परता तथा त्यस दौरान सङगालेको अनुभवको विश्व स्वास्थ्य सङगठनले पनि मुक्त कण्ठले प्रसंशा गरिरहेको छ । यही  अप्रैल ५ तारिखका दिन कोरोना भाईरस सम्बन्धी रिर्पोट सार्वजनिक गर्ने क्रममा विश्व स्वास्थ्य सङगठनले भनेको छ कि, “चीन यो महामारीलाई नियन्त्रण गर्ने अवधिबाट शिथीलस्थितिको अवधिमा प्रवेश गरिसकेको छ । महामारीको रोक थाम र नियन्त्रणको क्षेत्रमा चीनले महत्वपूर्ण अनुभव सङगालेको छ ।” महामारी माथि नियन्त्रण प्राप्त गरिसके पछि ७६ दिन लामो लक डाउनबाट चीन फिर्ता भएको छ । जन जिवन सामान्य अवस्थातर्फ फर्केको छ । चीनले महामारीसँग जुधने क्रममा अपनाएका तीनवटा उपाय लक डाउनलाई कडाई गर्नु, ब्यापक नमुना परिक्षण, कन्टयाक्ट ट्रेसि∙ तथा उपचारलाई संगसंगै एकीकृत ढ∙बाट अगाडि बढाएको थियो । जसको परिणाम चीनिया सरकारले अप्रैल महिनासम्म स्थितिलाई नियन्त्रणमा लिइसक्ने पूर्व घोषित प्रतिबद्धता पुरा गरेको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि यि तीनवटै उपाय महत्वपूर्ण रहेका छन् ।
चीनले महामारीसँग जुधने क्रममा थुप्रै अनुभव सङगालेको छ । ति अनुभवहरुको आ–आफ्नो प्रकारको महत्वरहेको छ । ति सबै अनुभवहरु माथि यो संक्षिप्त लेखमा चर्चा गर्न सम्भव हुन सक्दैन । महामारीको दौरान चीनले यस रोगको महामारी क्षेत्रमा अपनाएको केन्द्रीयकरण नीतिका सम्बन्धमा मात्रै मैले चर्चा गर्न चाहेको छु । रोगको इपिक सेन्टर हुवेईको उहानमा देखापरे पछि महामारी माथि नियन्त्रण कायम गर्न सम्पूर्ण शक्ति उहानमा केन्द्रीत गरेको थियो । हाम्रो नेपाल जस्तो स्वास्थ्य सामाग्री, जनशक्ति र भौतिक पूर्वाधार अभाव र कमजोर भएको मुलुकमा यो पद्धति उपयोगि हुन सक्दछ ।
नेपालमा औपचारीक रुपमा कोरोना भाईरस रोगको प्रथम चरण पार गरि दोस्रो चरणमा प्रवेश गरिसकेको छ । नेपालमा देखापरेको कोरोना भाईरस सङक्रमित मध्ये सबै भन्दा बढी सुदुरपश्चिममा देखिएका छन् । सङक्रमित व्यक्तिबाट उसको आफ्न्तमा समेत यो रोग देखापरेको छ । कैलाली, कञ्चनपूर, डोटी, अछाम, जुम्ला र बाग्लु∙ जिल्लालाई सरकारले कोरोना भाईरसको उच्च जोखिममा रहेका जिल्लाहरुको रुपमा पहिचान गरेको छ । योसँग जोडिएको अर्को महत्वपूर्ण तथा गम्भीर पक्ष भनेको सुदुरपश्चिममा लक डाउनको अवधिमा झण्डै एक लाख पचास हजार नेपाली भारतबाट प्रवेश गरेका छन् । सीमा नाकामा अलपत्र परेर भारतले उपलब्ध गराएको आश्रय स्थलमा बसेका नेपालीहरुको रोगको सङक्रमणको अवस्थालाई झन् बढाई दिएको छ । त्यहाँभएका नेपालीहरुलाई नेपालमा ल्याएर स्वास्थ्य परिक्षणमा ध्यान दिनु पर्ने आवश्यकता छ । लक डाउनका बावजुद भारतबाट अबैधरुपमा नेपाल आउने क्रम जारीनै छ ।
नेपालसँग सीमा जोडीएको भारतको उत्तर प्रदेशका १५ वटा जिल्ला कोरोना भाइरसको उच्च जोखिममा देखिएको हुनाले भारतमा लक डाउनको अवधि बढाईनु पर्दछ भनि उत्तर प्रदेशको मुख्यमन्त्रीले माग गरेका छन् । यद्येपि भारतका विभिन्न ठाउँमा कोरोना भाइरसको प्रकोप तिब्र ढ∙बाट बढिरहेको छ । सङक्रमित रोगी र त्यसबाट मर्नेको संख्यामा निकै बृद्धि भैरहेको छ । भारत कोरोना भाइरस रोगको सङक्रमणको तेस्रो चरणमा प्रवेश गरिसकेको छ । नेपाल– भारत बीच खुला सीमाना छ । भारतमा लाखौं नेपालीहरु कार्यरत छन् जसको कारण पनि सुदुर पश्चिम क्षेत्रमा निकै गम्भीर अवस्था उत्पन्न हुने खतरा रहेको छ ।
भारतबाट आएका झण्डै डेढ लाख नेपालीहरु मध्येको ठुलो संख्या स्वास्थ्य परिक्षणको लागि सम्पर्कमा नआएको स्थिति छ । सदुर पश्चिममा १२ हजार ४ सय १२ कोरेन्टाईन बेडको व्यवस्था उपलब्ध रहेको तथ्याङ्कमा देखिन्छ । अहिलेसम्म कोरेन्टाइनमा बस्नेको संख्या झण्डै २३०० मात्र देखिन्छ । सरकारी तथ्याङ्कलाई ध्यान दिंदा सुदुर पश्चिम क्षेत्रमा कोरोना भाइरसको सङक्रमणले विस्फोटक अवस्था ल्याउने खतरा बढेर गएको देखिन्छ । एकातर्फ विभिन्न कारणले कोरोना भाइरसले विस्फोटकरुप लिने खतरा अर्को तर्फ स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्रीको अभाव र भौतिक पूर्वाधारको कमजोर अवस्था रहेको छ । यो स्थितिमा सुदुर पश्चिमउच्च जोखिममा रहेको जोसुकै ले अनुमान लगाउन सक्दछ ।
सन् २०१६ को सरकारी तथ्याङ्क अनुसार नेपालमा डक्टरहरुको संख्या १६ हजार ४ सय ३२ मात्र रहेको थियो । यो संख्यालाई आधार बनाउँदा एक डक्टरको अनुपातमा १७ सय ३४ जनता पर्दछन । नेपालमा प्रतिवर्ष २ हजारको संख्यामा डक्टरहरु उत्पादन हुने गरेको तथ्याङ्क देखिन्छ । त्यस अनुसार पनि सन् २०२० को सुरुवाती अवस्थामा आईपुग्दा ३ वर्षको अवधिमा लगभग ६ हजार डक्टरको संख्या थपिएको अनुमान गर्नु पर्ने हुन्छ  । यसरी नेपालमा चिकित्सकको संख्या २२÷२३ हजारको आसपास मात्रै हुन आउछ । नेपालमा जम्मा २२ वटा केन्द्रीय तथा ७५ वटा जिल्ला अस्पताल, ७ सय ११ वटा स्वास्थ्य चौकी, ३१७६ वटा उप स्वास्थ्य चौकी मात्र छन् । हाम्रो स्वास्थ्य सम्बन्धी भौतिकपूर्वाधारको अवस्था यही हो । निजी स्वास्थ्य संस्था तथा शिक्षण अस्पतालहरुलाई यो तथ्याङ्कमा समावेश गरिएको छैन । समग्र मुलुक स्वास्थ्य अवस्थात यस्तो छ भने झन सुदुरपश्चिमको स्वास्थ्य जनशक्ति तथा भौतिक पूर्वाधारको अवस्था कस्तो होला ? सहज अनुमान गर्न सकिन्छ । केही दिन यता राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमले यो विषयलाइ निकै जोडतोडका साथ उठाइ रहेका छन् । सुदुरपश्मिमा सरकारी र निजि गरि २५ बेड आई.सि.यु. र १० बेडमात्र भेन्टीलेटर उपलब्ध हुनुले पनि यहाँको अत्यन्तै कमजोर भौतिक पूर्वाधारको अवस्थालाई देखाउँछ  ।
अहिलेसम्म नेपालमा कोरना भाइरसको सङक्रमणको अवस्थालाई हेर्दा राजधानी सुरक्षित नै रहेको देखिन्छ । मुख्यतया सुदुरपश्चिम नै बढी संबेदनशिल अवस्थामा प्रवेश गरेको छ । यस्तो गम्भीर स्थितिमा उहानको अनुभव नेपालका लागि उपयोगी तथा महत्वपूर्ण हुन सक्दछ ।
पहिलो पटक उहानमा २३ जनवरी तदनुरुप ९ माघका दिन लक डाउनको घोषणा भएको थियो । माघ १४ गते मध्यरातसम्म चीनका २९ वटा प्रान्तबाट ६ हजार डक्टर उहानमा केन्द्रित गरियो । यो सङख्या अपुग भए पछि  चीन भरिबाट ४० हजार डक्टर झिकाएर उहानमा केन्द्रित गरियो । उहानको र बाहिरबाट ल्याएको जनशक्तिलाई परिचालन गरेर १० दिनभित्र १ हजार बेड क्षमताभएको होसनसान नाम गरेको अस्थायी अस्पताल तथा १३ सय सैयाको लेईसनसाननाम गरेको अस्थायी अस्पताल १३ दिनमा निर्माण गरियो । यसरी हेर्ने हो भने चीनले आफ्नो शक्ति, साधन स्रोत परिचालन गरेर उहानमा देखापरेको कोरना भाईरसको महामारीलाई ठाउँको ठाउँ निमीट्यान्न पार्ने काम गरयो । जसको परिणाम उहानबाट बाहिर कोरना भाइरसको महामारी फैलिन पाएन र चाडै नियन्त्रणमा आयो स्वयम् चीनको प्रधानमन्त्री नै उहानको कोरोना भाइरसको मुख्य समन्वयकर्ताको पदीय जिम्मेवारीमा रहेर सम्बन्धीत क्षेत्रमै खटिएका थिए ।
सुदुरपश्चिम निक्कै गम्भीर अवस्था पुगेको छ । एकातर्फ कोरना भाइरसको सङक्रमणको फैलावटको प्रचुर सम्भावना विद्यमान  रहेको अवस्था अर्को तर्फ स्वास्थ्य सामाग्री र जनशक्तिको अभावभौतिक पूर्वाधारको कमजोर अवस्था रहेको छ । यदि यो सवालमा समयमा नै ध्यान नपुरयाउने हो भने कोरना भाइरसको सङक्रमण देश भरी नैै फैलिएर महामारीको रुप लिन सक्दछ । जसरी चीनले आफ्नो सम्पूर्ण शक्ति उहानमा केन्द्रित गरेर कोरना भाइरसको महामारीलाई नियन्त्रणमा लिएको थियो । ठीक त्यसै प्रकारले हामीले पनि सुदुरपश्चिममा देशका अन्य  ठाउँको स्वास्थ्य जनशक्ति, स्रोत सामाग्रीलाई केही बढी मात्रामा केन्द्रित गरी परिचालन गर्नु पर्ने आवश्यकता देखिएको छ । उहान कै अवस्थामा सुदुर पश्चिम नपुगे पनि दक्ष जनशक्ति, विषेशज्ञ डक्टर र आवस्यक साधन स्रोत बाहिरबाट ल्याएर युद्धस्तरमा भाईरसको रोकथाम र नियन्त्रणमा लाग्नुकोे विकल्प छैन ।
चैत्र १५ गते देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले, “आउँदो थपदुई साता हाम्रा लागि चुनौतीपूर्ण हुने” बताएका छन् । त्यो अवस्थामा सामाजिक दुरी कायम गर्नुलाई महत्वपूर्ण उपायका रुपमा सुझाएका छन् । त्यसका लागि लक डाउनलाई प्रभावकारी रुपमाकार्यान्वयन गरौं । स्वास्थ्य परिक्षण तथा कन्टयाकट ट्रेसि∙लाई ब्यापक पारौ । नेपालको अन्यत्र भएको स्वास्थ्य जनशक्तिलाई सुदुरपश्चिममा तत्काल केही मात्रामा भए पनि केन्द्रीत गरौं ।
मिति : २०७६ चैत्र २८ गते

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार