उ सच्चा कम्युनिष्ट रे

चन्द्रकान्त शर्मा (पाण्डेचरी)

वर्गसंघर्षलाई तिलाञ्जली दिई,
शान्ती र समन्वयको भुमरिमा फसेकाहरु,
साम्राज्यवादी, दलाल,
भ्रष्टाचार र माफियाको
चंगुलमा फस्दै आफ्नै स्वार्थमा तल्लिनहरु,
कम्युनिस्ट हुन रे ।

ब्यक्ति र परिवारको स्वार्थमा योजना बनाउनेहरु,
नाताबाद, कृपाबाद उन्मुख चिन्तनहरु,
छल कपट सहित दलाललाई रिझाउनेहरु,
जन सरोकारका योजनामा कमिसन खानेहरु
कम्युनिस्ट हुन रे !

आत्मगत स्थितिको मुल्यांकन गर्ने क्षमता छैन भने,
ठोष बस्तुको ठोसविष्लेषण गर्न सक्दैन भने,
हँसिया हथौडाको झण्डा र ब्यानर बोक्दैमा,
समाजबाद, साम्यवाद भन्दै हिंड्छ भने
उ कसरी कम्युनिष्ट ?

कार्ल माक्र्स र लेनिनका अनुहार फेर्नेहरु,
होचिमिन्ह र चेगोभेराको
नक्कल गर्नेहरु,
रक्तक्रान्तिको ध्वजा आफु खुसी पेर्नेहरु,
सामाजिक सञ्जालमा क्रान्ति ल्याउनेहरु
क्रान्तिकारी कम्युनिष्ट रे !

जसले निर्णय मान्दैन, अनुशासन स्वीकार्दैन,
विधि र पद्धति, जनबादी केन्द्रीयताको पालना गर्दैन,
गुटबन्दी, अराजक र गोपनियता बन्द गर्दैन,
छलफलमा स्वतन्त्रता, कार्यमा एकता स्वीकार गर्दैन
उ झन सच्चा कम्युनिष्ट रे !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार