ऊ भागिरहेको छ

लक्ष्मणदेव पाण्डे ##
हेर आज ऊ भागिरहेको छ
समर्पण, बाचा, बन्धन सबै तोडी भागिरहेको छ
देश, जनता, पार्टी, क्रान्ति सबै छोडिरहेको छ
किनकि ऊ जनविरोधी कित्ता रोजिरहेको छ

हिजो उसले गर्व गर्दै परिवर्तनका कुरा गथ्र्याे
क्रान्तिका नायकहरूको सङ्घर्षपूर्ण इतिहास सुनाउँथ्यो
न्याय, समानताको लागि एकजुट हुन आह्वान गथ्र्याे
पार्टी, अनुशासन र मोर्चाका योजनाहरू बाँड्ने गथ्र्यो

उसका बोली, भावहरूमा क्रान्ति छचल्किन्थ्यो
उसका अगाडि जनविरोधीहरू थर्थरी काँप्ने गर्थे
उसको एक बोलीमा समाज पूरै न्यायमय हुन्थ्यो
किनकि ऊ निस्वार्थी जनजनको नेता भनी जानिन्थ्यो

आज ऊ आफ्नो आदर्शलाई स्वार्थमा साटिरहेको छ
किनकि प्रतिगामी, जनविरोधी सत्ता उसलाई किनिरहेको छ
ऊ जनविरोधी, राष्ट्रघाती सत्ताको प्यारो सेवक भएको छ
किनकि उसलाई अस्त्र बनाई रातो झण्डा झुकाउन खोजिएको छ

अब ऊ छिट्टै क्षितिजबाट हराउँदै जाने छ
उसका जनविरोधी सपना चकनाचुर हुनेछन्
जनताको प्यारो रातो झण्डा सबैतिर फरफराउने छ
कायर भागिरहनेछन्, क्रान्तिकारी अगाडि बढिरहने छन्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार