एकताको मुठ्ठि उठाउनु पर्छ

  • विष्णु शर्मा (पाण्डेचरी)

नारी हामी सिर्जनाका पृथक हौं,
जनसंख्यामा आधा आकाश ढाकेका छौं ।
प्रविधिको विकाशले आकाश चुम्दासम्म पनि
एक्काइसौं सताब्दीमा पनि हामी अवसर विहिन

नारीलाई हेर्ने दृष्टिकोण छैन अझै फेरिएको
सामन्तवादी युगमा जस्तै नारी अझै हेपिएको
मातृसत्तालाई पितृसत्ताले युगले भत्काई दियो ।
वर्गले मात्र विभेद गरेन धनि गरिब पनि छुट्टाई दियो ।

नारीहरुलाई दोश्रो दर्जाको नागरिकमा पु¥याई दियो
उनीहरु पुरुषका निजी सम्पत्तीमा परिणत गराई दियो ।
जान–अनजानमा एकले अर्कालाई ठग्नुसम्म ठगे,
विभेदकारीहरुले आफू अनुकुल कानुन बनाउँदै लगे ।

जति–जति मानव समाजको उच्च विकास हुँदै गयो
त्यति त्यति मानवमा विभेदको खाडल बढ्दै गयो ।
सदियौं दविएका हेपिएकाहरुले पुर्नुपर्छ यो खाडल भर्न
गोलबन्द बनौं ‘मूल प्रवाह’मा चेतना उज्यालो छर्न ।

आएका छन् पुराना जोगी नयाँ खरानी घसेर
गर्दैछन् भत्काउने कोशिस ‘मूल प्रवाह’मा पसेर ।
फेरी प्रवासी नेपालीहरुलाई अलपत्रपार्न
कसिएका छन् ‘मूल प्रवाह’ लाई नै ध्वस्त पार्न ।

सहि शिक्षाले हामी ओत प्रोत भई
छुट्टाउनु पर्छ आफै गलत वा सही
एकताको मुठ्ठि उठाउनु पर्छ, संघर्ष गर्न
मूल प्रवाहको छवि बचाउँदै अझै विकास गर्न ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार