एमसिसिले नेपालको सार्वभौमिकता माथी धावा बोलेको छ : पौडेल

तिलक राना

हैदराबाद, ७ सितम्वर । अमेरिकी साम्राज्यवादद्वारा नेपाललाई कमजोर मुलुकमा आर्थिक विकासको नाममा एमसिसि पास गराई सैनिक हस्तक्षेप गरिरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका उपाध्यक्ष प्रेम पौडेलले बताउनु भएको छ । पौडेलले एमसीसी विरुद्ध ऐक्यबद्धता जनाउँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा सम्पन्न सभालाई सम्बोधन गर्दै बताउनुभएको हो ।

“अमेरिकी साम्राज्यवादद्वारा नेपाललाई कमजोर मुलुकमा आर्थिक विकासको नाममा एमसिसि पास गराई सैनिक हस्तक्षेप गरि नेपाल माथी हैकम जमाउने प्रयत्न गरिरहेको छ ।” प्रेम पौडेलले बताउनु भयो– “एमसिसिले नेपालको राष्ट्रियता र सार्वभौमिकता माथी धावा बोल्ने कोशिस गरेको छ ।” नेपाल र नेपालीको लागि घातक एमसिसि सम्झौता खारेज गर्नु पर्ने बताउनु भएको थियो ।

राम प्रसाद पौडेलको अध्यक्षता तिलक रानाको सञ्चालन र मिना आचार्यले सहभागी जनमानसलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा केन्द्रीय महिला बिभाग संयोजक फुलबिना पौडेल र केन्द्रीय साँस्कृतिक बिभागका सदस्य झलक पुनले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य तथा केन्द्रीय महिला बिभाग संयोजक फुलबिना पौडेल, मूल प्रवाह उत्तर नगर समितिक सचिव जिबनाथ शर्मा, दक्षिण नगर समितिका अध्यक्ष वीर बहादुर विक, मध्य नगर समितिका सदस्य विकास परियार, क्षेत्रीय महिला बिभाग कि संयोजक माया थापाले अमसीसी विरुद्ध ऐक्यबद्धता जनाउँदै आ–आफ्ना मन्तव्य प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार