एमसिसि खारेजीको लागि राजमोद्वारा ज्ञापन पत्र

अर्घाखाँची । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजको माग गर्दै नेकपा मसाल र राष्ट्रिय जनमोर्चाले आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

एमसीसी देश र जनताको हित बिपरित आएको ठहर गर्दै देशब्यापी सबै जिल्लाबाट ज्ञापनपत्र बुझाउने तय भएबमोजिम अर्घाखाँचीमा पनि प्रमुखजिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।

सम्झौता खारेज नभएमा नेपाली भुमिमा अमेरिकी सेना परेड खेल्ने स्थिति आउने भन्दै उनिहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल र राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.द्धारा हस्ताक्षरित ज्ञापनपत्र उहाँहरु सहित राजमोका नेताहरु शेर बहादुर बि.सी.,झविलाल थापा र बाबुराम पन्थीको सहभागितामा प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको राजमोका नेता कमल प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

नेपालको राष्ट्रियता नै धरापमा राखेर नेपाली जनताले एमसीसी स्विकार गर्न नसक्ने भन्दै मसाल र राजमोले सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा देश बेच्ने अधिकार कसैको नभएको,अमेरिकी सैन्य गठबन्धन तथा बैदेशिक हस्तक्षेप सहिय नभएको र एमसीसी कुनै हालतमा खारेज गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार