एमसिसि विरुद्ध कैलालीको लम्किमा सभा सम्पन्न

कैलाली, २९ जेठ । राष्ट्रिय जनमोर्चा कैलालीले एमसिसिको बिरोधमा कैलालीको लम्कि बजारमा सभा गरेकोछ । सभालाई राष्ट्रिय जनमोर्चा सुदुरपश्चिम सदस्य तिलक परियारले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।

परियारले अमेरिकि सहयोग प्रोजेक्ट एमसिसि खारेज नभए नेपाल अमेरिकि सैनिक अखडा बन्ने कुरा बताउनु भयो । सम्बोधन कै क्रममा सबै नेपाली जनतालाई एमसिसि खारेजिको आन्दोलमा लाग्न आग्रह समेत गर्नु भयो ।

“अमेरिकाले नेपाली जनता भोका भए भनेर सहयोग गरेको हैन, नेपाललाई कब्जागरेर नेपालको प्राकृतिक स्रोतसाधनको दोहन गर्ने उदेश्यले एमसिसि मार्फत नेपालमा छिर्न खोजेको हो” परियारले बताउनु भयो ।

सभालाई राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष दयाराम सज्याल, जिल्ला सचिब जगत जोशी, ने.क. पा.(मसाल) कैलालीका प्रबक्ता मिलन शाहीले पनि सम्बोधन गर्ने भएको थियो ।

कार्यक्रमको संचालन लम्कि चुहाका नगर अध्यक्ष रतन सज्यालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार