एमसिसी सहयोग भन्दा दशौं गुणा रकम देशभित्रै भ्रष्टाचारीको कब्जामा छ : जिसी

बुटवल, जेष्ठ ३० गते ।
एमसिसी इण्डोप्यासेफिक रणनीतिको अंग भएको तथ्यहरुले पुस्टी भैसकेको बताउँदै सानो सहयोगको लालचमा देशलाई नै जोखिममा पार्ने, साम्राज्यवादीहरुको क्रिडा स्थल बनाउने प्रयत्न अत्यन्त निन्दनिय मात्र नभै आत्मघाती कदम भएको बताउँदै यसलाई सम्पूर्ण प्रारुपमा खारेज गर्नुपर्ने माग प्रदेश सांसद तारा जिसीले गर्नु भएको छ ।

“पैसाको लागि लागु गर्न खोजीएको भन्ने तर्क तथ्यको तोडमरोड हो ।” जिसीले भन्नु भयो– “पैसा त एनसेलले झण्डै ७२ करोड, भाट भटेनीको करोडौं कर छली, लडाकु शिविरको साडे चार अरब करिबको घोटाला र बेरुजु र भ्रष्टाचारको रकम उठाए एमसिसीको भन्दा दशौं गुणा रकम देश भित्र छ ।” जनताको खुन पसिनाको रकम वसुल गर्न यो शक्तिशाली सरकारलाई कसैले नरोक्ने जिसीले बताउनु भयो । संघीय संरचनामा विना कामै अरबौं खर्च भएको समेत बताउनु भयो । सांसद जिसीले साम्राज्यवादीको जोखिमपूर्ण अनुदान भन्दा अरु विकल्पमा सोंच्न आग्रह गर्नुभयो ।

प्रदेश ५ को छैटौं अधिवेशनको आठौं बैठकको विशेष समय बोल्दै राजमो प्रदेश सांसद जिसीले सरकारको नागरिकप्रतिको गैरजिम्मेदारना रवैयाले समुदाय नै कोरोना महामारीको जोखिममा परेको दावी गर्नु भएकोछ । “महामारीबाट ज्यान गुमाउने नागरिकहरुप्रति राजमोको तर्फबाट हार्दिक श्रदान्जली र संक्रमितको शिघ्र स्वास्थ्य लाभको कामना ।” सांसद तारा जिसीले भन्नु भयो– “पीसिआर रिपोर्ट छिटो छरितो बनाउन सरकार गम्भिर नहुनु, रिपोर्ट नआउँदै समुदायमा घुलमिल हुँदा जोखिम बढेको छ ।”

कुशल ब्यवस्थापनको दावी गरेर नथाक्ने प्रदेश सरकारको महामारी नियन्त्रणमा खेलेको भूमिका कम्जोर रहेको समेत जिसीले बताउनु भयो । कोरोना महामारीका कारण उत्पन्न परिस्थितिले देश भरमा एक हजार भन्दा बढीले आत्महत्या गरेको तथ्य औंल्याउँदै– मजदुर र निम्न बर्गलाई उचित राहतको ब्यवस्थापन, भय र त्रासबाट मुक्त जीवनको वातावरण सिर्जना गर्न सरकार सित जिसीले माग गर्नुभयो ।

सरकारले आफ्ना नेता, कार्यकर्ता एवं ठेकेदार र कर्मचारीको मिलिमतोमा विकास कार्य गुणस्तरहिन भएको कुरा पटक–पटक सदन र सडकबाट उठाएको स्मरण गराउँदै– “गुणस्तरहिन सडक निर्माण कै कारण देसमा सडक दूर्घटना बढेर गएको छ ।” जिसीले भन्नुभयो– “देशको मुख्य आयश्रोत रेमिट्यान्स नाम मात्रको रहेको छ, विदेशी अनुदान र चर्को कर राज्यको आय श्रोत भएको र यसैमा पनि सिमित ब्यक्तिहरुले ब्यापक दूरुपयोग गर्नु देशको दूर्भाग्य हो ।”

“केन्द्रदेखि स्थानिय तहसम्म झण्डै दुई तिहाईको प्रतिनिधित्न गर्ने यो सरकारले एक साल मात्रै कार्यकर्तालाई कमाउन छाडेर विकासमा रेखदेख र अनुगमनको निर्देशन दिए देश र प्रदेशको समेत विकास कार्यको गतीमा कायापलट हुनेछ ।” जिसीले भन्नु भयो– “सानो ठूलो जसले दिएपनि राम्रो सुझाव सरकारले ग्रहण गर्न सिक्नु पर्दछ ।”

बुटवलको गौतमबुद्ध सामुदायीक मुटु अस्पताललाई सरकारले दिनुपर्ने अनुदानको रकम ११ महिनाबाट नदिएको प्रसंग उठाउँदै जिसीले भन्नु भयो– “नियमित डाईलेसिस सेवा अवरुद्ध भए हजारौं किड्नी पिडित विमारीको ज्यान जोखिममा पर्न सक्छ । तत्काल ध्यान दिन सम्बन्धित निकायको ध्यानर्कषण गराउन चाहन्छु ।”

त्यस्तै तिलोत्तमा १० मैनहवा सामुहिक हत्याकाण्डको यथार्थ छानविन गरी दोषीलाई कार्वाही र मृतकका परिवारलाई क्षतीपूर्तिको ब्यवस्था गर्न प्रदेश सरकार सित जिसीले माग गर्नुभयो ।

रुकुम पश्चिममा भएकोे अमानवीय र लज्जास्पद घटनाको जति भ्रत्सना गरेपनि कम हुने जिसीको भनाई थियो । संघबाट सांसद स्तरीय छानविन समितिले सत्यतथ्य बाहिर ल्याई, घटनाका दोषिलाई कडा भन्दा कडा सजायको मागमा जिसीले जोड दिनु भयो । निर्मला पन्थ जस्तो जघन्य काण्डका अपराधी समेतलाई कानुनी दायरामा ल्याउन नसक्नुले शंका पनि त्यत्तीकै रहेको जिसीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार