एमसीसीले नेपाललाई अमेरिकाको सैन्य अखडा बनाउनेछ : १० दल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) सहितका १० राजनीतिक दल तथा संगठनहरुले एमसीसी परियोजना लागू गरे नेपाल अमेरिकाको सैन्य अखडामा बदलिन सक्ने चेतावनी दिएका छन् । सोमबार संयुक्त वक्तव्य प्रकाशित गरी १० दलले एमसीसी कुनै पनि हालतमा पारित गर्न नहुनेमा जोड दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा आएको एमसीसी अन्तर्गतका परियोजनाका लागि सरकारले बजेट वक्तव्य मार्फत आयोजना कार्यन्वयन गर्न बजेट छुट्याएको छ । संसदले एमसीसी पारित नगर्दै घुमाउरो तरिकाले त्यसलाई स्वीकार गरिएको भन्दै चौतर्फी रुपमा विरोध भइरहेको छ ।

नेकपा (मसाल) सहितका १० राजनीतिक दलले एमसीसी खारेज गर्न दबाब दिँदै आएका छन् भने सत्तारुढ दलभित्रै संसदले यो पारित गर्न नहुने आवाज उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार