एमसीसी राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज सहयोग (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौको माइतिघरमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए ।

प्रदर्शनकारीले एमसीसी चाहिँदैन आमा बेच्न पाइँदैन, राष्ट्रघातिहरु होशियार, एमसीसी सांसदहरु होसियार लगायतका नारा लेखिएका व्यानर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले एमसीसी अहिलेको प्राथमिकता नभएको भन्दै विरोध गरेको बताएका थिए । उनीहरुले एमसीसीलाई अघि बढाए चूप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार