एम्स अस्पतालमा ४८० जना संक्रमित !

नयाँ दिल्ली । भारतको राजधानी शहरमा अवस्थित अल इंडिया मेडिकलका १९ डाक्टर र ३८ नर्सहरु सहित ४८० जना कोरोना संक्रमित भएको समाचार इंटिवीको अनलाईन संस्करणले जनाएको छ ।
यो निकै दुःख र चुनौतीपूर्ण कुरा हो कि आम सर्वसाधरणहरुको उपचारमा खटिएका डाक्टर नर्सहरु जो कोरोनासँग लडिरहेका छन्, आज उनीहरु नै कोरोनाको चपेटमा आएका छन् ।
सो समाचार अनुसार २ फेकेल्टी डाक्टर (प्रोफेसर), १७ रेजिडेण्ट डाक्टर, ३८ नर्स, १४ ल्याब टेक्निसियन, ७५ अटेन्डन्ट (नर्स असिस्टेन्ट), ५४ सफाई कर्मचारी, ७५ सुरक्षा गार्ड लगायत उनका परिवारका सदस्य सहित ४८० भन्दा बढि कोरोना संक्रमित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार