इतिहासको जिम्मा नयाँ पिढीको काँधमा छ : खनाल

चंडीगढ़, १५ डिसेम्वर । हजारौं कार्यकर्ताहरूको मिहिनेत र शहिद सोभाखर धनन्जय (सरोज शर्मा)को रगतले सिंचिएको हुँदा भारत प्रवासमा मूल प्रवाहका प्रकाशनहरु ओजपुर्ण रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालले बताउनु भएको छ ।

खनालले सो धारणा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्वारा आयोजित प्रकाशन भेलालाई सम्बोधनका क्रममा व्यक्त गर्नुभएको हो । सो प्रकाशन भेलामा प्रमुख अतिथीको आसनबाट बोल्दै “एउटा पत्रिकाले हजारौ हजार कार्यकर्ताले गर्नेकाम भन्दा कैयन गुणा वढि काम गर्दछ ।” खनालले भन्नु भयो– “हाम्रो प्रकाशनलाई निरंतरता दिन हाम्रा हजारौं कार्यकर्ताहरूको मिहिनेत र शहिद सोभाखर धनन्जय (सरोज शर्मा)को रगतले सिंचिएको हुँदा यसको यात्रा अत्यान्तै ओजपुर्ण रहेको छ, यसलाई निरन्तरता दिने लगायतका सम्पूर्ण जिम्मा हामी नयाँ पिढीको काँधका आएको छ ।”

यसैगरि सभामा विषेश अतिथि केन्द्रीय सचिव ठाकुर खनालले वर्तमान शोषण प्रधान सामाजिक संरचनामा प्रगतिशील प्रकाशनको महत्व र प्रकाशन वितरणमा कार्यकर्ताहरुको भुमिका एवं जिम्मेवादारी तथा समस्याहरुबारे प्रकाश पार्नुभएको थियो ।

चण्डीगढमा सम्पन्न प्रकाशन भेलामा सहभागि कार्यकर्ताहरु

चंडीगढस्थित सिपिआइ भवन सेक्टर २१ को सभाहलमा खचाखच भरिएका कार्यकर्ता समर्थक शुभचिंतकहरुको विच सम्पन्न सो भेला नगर सचिव तेज बहादुर रोकाको सञ्चालन तथा नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको हो । भेलामा विभिन्न अतिथिहरूको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पश्चात नगर कोषाध्यक्ष किसन खनालले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा क्षेत्रीय सदस्य एवं महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसेले नेपाली समाचार र नेपाली एकता नामक कविता वाचन सहित भेला सफलताको शुभकामना दिनुभएको थियो ।

त्यस्तै केन्द्रीय सदस्य दिनेश खड़का, केन्द्रीय सल्लाहकार तिलक पौडेल, क्षेत्रीय सदस्य प्रेम आचार्य, नेपाली समाचारका सम्वाददाता खिमराज चालिसे, विद्यार्थी केन्द्रीय सदस्य विष्णु वेल्वासे, क्षेत्रीय अध्यक्ष माधव पोखरेल, जनजाति विभागका थमन थापा, महिला नगर संयोजक माया आचार्य, रक्तिमका लिला विक, खेल विभागका पुरन थापा लगाएतले आतित्थ्यता तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।

भेलाको अन्त्यमा नेपाली समाचारका सम्वाददाता खिमराज चालिसेले नेपाली समाचार पत्रिकाको ग्राहाक वनाउने लक्ष्य र संभावना सहित नगरको प्रकाशन विभागको घोषणा गर्नुभएको थियो । जसमाः संयोजक किसन खनाल, सदस्यहरुमा थानेश्वर पाण्डे, विष्णु वेल्वासे, अर्जुन विक र लिला विक रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार