ओमान नेपाली एकता समाज केन्द्रीय समितिको बैठक सम्पन्न

ओमान । “संसारका मजदुर एक हौँ, भिजिट नेपाल २०२० सफल पारौँ” भन्ने मुल नारालाई आत्मासाथ गरि डिसेम्बर ६, २०१९ मा बैठक सम्पन्न भएको छ ।

ओमान नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष छबिलाल बस्नेतको अध्यक्षता र सदस्य राजु सुनारको सञ्चालनबाट बैठक अगाडि बढेको थियो ।

बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुले आफुले गरेको सामाजिक र संगठानिक काम कार्य हरुको रिपोर्टिङ पश्चात अघि बढेको बैठकले बिभिन्न महत्वपूर्ण बिषयहरुमा छलफल गरि निर्णय गरेको छ ।

गरिबी र देशमा रोजगार अभावले गर्दा प्रदेशीयका प्रवासी हामी “भिजिट नेपाल २०२०”लाई सफल पार्न प्रवासबाटै भए पनि प्रचार–प्रसार गर्ने हेतुले भिजिट नेपालको लोगो सहितको टिसर्ट सम्पूर्ण समाजका सदस्यहरुलाई बितरण गरिएको थियो । भिजिट नेपाललाई लक्षित गर्दै भिजिट नेपाल २०२० को लोगो सहितको टिसर्ट सहित प्रचार प्रसारको भुमिका निभाउने उदेश्यले आगामी दिनहरूमा व्यापक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

विभिन्न कारणले प्रवासका मजदुरहरु माथी आइपरेका समस्याहरुलाई समाधान गर्न र मानवतस्करिहरु बिरुद्ध एकजुट हुन सम्पूर्ण मजदुरहरुलाई आह्वान गरिएको अध्यक्ष छविलाल बस्नेतले हामीलाई जानकारी दिनुभएको छ ।

अन्त्यमा उपस्थित सम्पुर्ण सदस्यहरुबाट आलोचना आत्मा आलोचना सहित सौहार्दपुर्ण बाताबरणमा सभाध्यक्षबाट बैठक समापन गरियको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार