ओलि–प्रचण्ड बीचको पदीय खिंचातानी र नेकपाको भविष्य

जनकराज शर्मा

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) करिव करिव फुटको संघारमा पुगेको छ । नेकपाको जारी स्थायी कमिटि बैठकको सन्दर्भका गतिविधि र नेताहरुका अभिब्यक्तिहरुले पार्टी फुट उन्मूख तिर गएको सहजै अनुमान गर्न सकिन्छ । जुन कुरा दुर्भाग्य हो ।

नेकपा भित्रको शक्ति संघर्षको अन्तरविरोध यहि अबस्थामा समाधान हुने अबस्था न्यून हुँदै गएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री केपि शर्मा ओलिको दुबै पदबाट राजिनाम माग प्रकरण तिव्र बन्दै गए पनि ओलि टस्मस् भएका छैनन् । यदि ओली टस्मस् नहुने र प्रचण्ड लगायत अन्य नेताहरु ओलिले ति पदबाट राजिनाम दिनूपर्ने अडान कायम हुँदै जाने हो भने स्थिति साम्य हुने देखिँदैन ।

ओलि कुनै पनि पद नछोड्ने र प्रचण्ड लगायत स्थायी कमिटिका बहुमत सदस्यहरु आफ्नो अडान नछोडेको अहिलेको स्थिति छ । यो अबस्थामा कुनै एक तर्फबाट आफ्नो अडान नत्याग्ने, स्थिति कायम रहे र अन्य कुनै एकता कायम राख्ने चमत्कारी उपाय नदेखिए निश्चित रुपमा नेकपामा दुर्घट्ना हुने प्रवल सम्भावना देखिन्छ ।

दिनप्रति दिनका एकल वा सामुहिक बार्ताहरुले नेकपाका नेता कार्यकर्ताहरुमा सकारात्मक सन्देश दिन सकिरहेको छैन । बरु अरु असुन्तेष्टी बढिरहेको छ । प्रधानमन्त्री ओलि बरु पार्टी फुटतर्फ जाओस् तर आफुले दुबै पद त्याग्न तयार नभएको संकेत दिइरहेका छन् । नेताहरुले ओलिले पार्टी फुटाई सकेको तर पनि एकताको प्रयासरतमा आफुहरु लागिरहेको आरोप ओलि तिर सोझाएका छन् । त्यसो त पार्टी विभाजन भईसक्यो जे मन लाग्दछ त्यहि गर्न आफु इतर पक्षलाई ओलिले टर्रो मुखे जवाफ पनि दिएको पनि बताइएको छ । एमाले पार्टी दर्ता हुनु अधिवेशनको अन्त्य गर्नु ओलिको निर्धक्क अड्डिले अन्य नेताहरुमा थप संशकित पारेको छ । ओलि पक्षिय कार्यकर्ताहरु सड्कमा विदेशीका दलालहरु सरकार ढाल्न पाईदैन भन्दै ताण्डव गरिरहेका छन् ।

केन्द्रिय समिति र अन्य युवा नेताहरु पार्टी कार्यलय धुम्वाराहीमा पार्टी एकता पक्षमा धर्ना बसिरहेका छन् । यसरी आ–आफ्ना गुटहरु सक्रियरुपमा लागिरहेका छन् । दृष्यहरु बढो विचित्र देखिरहेका छन् ।

आफुलाई कम्यूनिष्ट पार्टी दावी गर्ने पार्टी स्थायी समितिको बैठकका सन्दर्भमा भएका छलफल बहसहरु क्षणभरमा बाहिरिएका छन् र विदेशी मिडियाहरु समेतमा अध्यावधी भएका छन् । यो भन्दा विडम्बना अरु के होला ?

सामान्य बुर्जुवा संस्थाहरुमा पाइने अनुशासन र गोपनियता पनि नेकपामा देखिएको छैन । सडकदेखि नेताहरुका घर घरमा गुट, उपगुट बैठकहरु आरोप प्रत्यारोप हुँदै आएका छन् । यस प्रकारका गतिविधिले पार्टीलाई कति मजबुद पार्ने होला ? त्यो पार्टीको संगठनात्मक प्रणाली अनुशासन कति कमजोर छ भन्ने बुझ्न गाह्रो पर्दैन ।

त्यहाँ कुनै सैद्धान्तिक र वैचारिक संघर्ष होइन, नत अहिलेको विषम परिस्थितिमा कोरोना भाईरसबाट राष्ट्र र जनताहरुको जीवन रक्षाको विषयमा बहस केन्द्रित छ वा नेपाली नागरिकहरु विदेशमा विचल्लीमा परेका छन्, त्यस बारेमा तिनीहरुको चिन्ता छ । यस्तो अबस्थामा नेकपा भित्रको किचलोले जनता, देश र अन्तर्राष्ट्रिय स्तरमा समेत कस्तो शन्देष सम्प्रेषण होला ।

नेकपा भित्रको खिचातानी ओलि पक्ष सत्ताबाट बहिर्गमन हुँदा आफ्नो भविष्य नै समाप्त हुने, देश र जनताहरुको आफुले मात्र ठेक्का लिएको गुटि हाकेको छ । आफु भन्दा सक्षम वा राष्ट्र र जनताप्रति उत्तरदायी अरु देख्दैन । त्यो अंहकार र ओलिको कार्यशैली गलत र स्वाच्छाचारी छ । स्थायी कमिटीको बैठक सामना गर्न सकिरहेका छैनन् । अन्य विभिन्न षडयन्त्र तर्फ लागिरहेका छन् । त्यो तिकडमको एउटै उदेश्य हो । सत्तामा रहन र अध्यक्ष पनि कायम रहिरहन । ओलीले पार्टी पनि आफै, सरकार पनि आफै अरु कसैलाई देखेका छैनन् । शक्ति दम्भले उनलाई नराम्रोसँग ग्रसित बनाएको छ ।

संसदबाट थुप्रै विधेयकहरु अनुमोदन गर्न पर्ने परिस्थितिमा पार्टी वा विपक्ष दल र सभामूख कसैलाई जानाकारी नदिई संसद अधिवेशन अन्त्य गरेका छन् । त्यसो त पार्टी फुटाउने अध्यादेश जारी गर्न ओलिले संसद अधिवेशन भङ्ग गरेको अनुमान गर्दै ओलि इतर पक्षहरु शंसकित भएका छन् ।

यो सन्दर्भमा ओलीले राष्ट्रपति र आफुलाई हटाउने षडयन्त्र भएको भन्दै आफु पक्षिय नेताहरुलाई व्रिफिङ गरिरहेका छन् । यद्यपि उनी इतर नेताहरुले त्यो आरोपको खण्डन गरिसकेका छन् । एउटा कुरा अस्वीकार गर्न सकिन्न कि कतै ओलिले आफु अनुकूल अध्यादेश ल्याउन त्यसो गरेका त छैनन् ? संसद चलिरहेको सन्दर्भमा अध्यादेश ल्याउन पाईंदैन । त्यसैले ओलिका अघिल्ला गतिविधि र पार्टी दर्ता प्रकरण सहित अहिले नेकपा भित्रको किचलोले आशंका उत्पन्न भएको छ ।

ओलिको स्वच्छाचारी प्रवृतिले हिनताबोध महशुष गर्दै आजित हुँदै आएका अन्य नेताहरु ओलिको सेखी झार्ने अनूकुल परिस्थितिको जोखनामा रहेका थिए । ति पक्षहरुलाई पछिल्लो समयमा ओलिले नै त्यो आधार तयार पार्दिएका छन् । जुन ओलिले आफु इतर नेताहरुलाई अनर्गल आरोप लगाएका थिए । ति आरोपहरु नै मसला बनिरहेका छन् । ओलि कमजोर बनाउन ठुलो मद्दत पुगेको छ ।

त्यसो त ओलिको राजीनाम माग अहिले उठेको होइन । त्यो यस भन्दा अघि बसेका बैठकहरुमा नै उठ्दै आएको विषय हो । जुन नेपालको अतिक्रमित भु–भाग समेट्दै नक्शा प्रकाशित भएको थिएन । नक्शा प्रकाशित र अहिलेको राजिनामा एक अर्कासँग सम्बन्धित छैनन् । परन्तु केहि बल पुग्न सक्दछ ।

ओलि इतर पक्ष यो अवसर गुमाउन चाहन्न । यि सबै कारणहरु सहित ओलिका गलत कार्य प्रणाली, कार्यशैली र आत्मकेन्द्रित चिन्तन नै ओलि निम्छरो बन्नुमा मुख्य जिम्मेदार छन् ।

पार्टी सञ्चालनमा स्थापित विधि पद्धति स्वम् नेतृत्व तहबाट उल्लङ्गन हुँदै शक्तिको दुरुपयोग गर्दा नेतृत्वमा अधिनायकबादी मोह उब्जने सम्भावना हुन्छ । पार्टीको निर्णयबाट नेता बन्ने हो । पार्टी निर्णयले नै चुनावमा उमेदबारी बन्ने हो । र सरकारको नेतृत्व पनि पार्टीको निर्णयबाट गर्ने हो । पार्टी कै समन्वयमा सरकार सञ्चालन गर्ने हो । नेतृत्वको कार्यकूशलताले प्रभाव पार्ने कुरा आफ्नो ठाउँमा छ । तर प्रमूख पार्टी निर्णय नै हो । जिम्मेदारी र भुमिका फरक रहे पनि अन्ततः पार्टीको नजरबाट हेर्दा सबै समान हुन्छन् । ओलि यि विषयलाई मान्न तयार नभएका कारणले समस्या विकाराल बन्दै नेकपामा तिब्र असुन्तष्टी पैदा भएको हो ।

यद्यपि केहि क्षेत्राधिकारहरु फरक र प्रयोग गर्न पाउने भए पनि राष्ट्रिय ईयूका विषयहरु देशलाई दुरगामी फाईदा वा असर पर्ने पक्षहरुमा पार्टीको सहकार्यबाट चल्नु आवाश्यक हुन्छ । ओलि प्रधानमन्त्री मात्र होइनन् पार्टी अध्यक्ष पनि हुन् । तर प्रधानमन्त्रीको हिसावले मात्र चल्न खोज्नु ओलिको अंहकार हो ।

मल्टि पार्टी सिष्टम् भनेको पार्टीले सरकार चलाउने हो, नकि सरकारले पार्टी । जब पार्टी निर्णय र समन्वयलाई बाईपास गर्दै मनोमानी ढंगबाट चल्ने प्रवृतिको हावी हुँदै जान्छ । अनि यसप्रकारका अराजक गतिविधिहरु हावी हुँदै जान्छन् । पार्टी कमजोर हुने मात्र होइन दुर्घट्ना हुनेछ ।

नेकपाको सरकारले विगतका सरकारहरुले भन्दा तुलनात्मक रुपमा केहि राष्ट्रियताको पक्षमा राम्रा कार्यहरु गरेको छ । राम्रा काम गर्न नेकपालाई परिस्थिति अनुकूल पनि छ । संघीय संसद वा प्रदेश सरकारहरुमा नेकपाको झण्डै बहुमत छ । यद्यपि सामान्य जन अपेक्षित र सम्भावित कामहरु गर्न असफल हुँदै आएको छ । त्यो नेकपा सरकारको असफलता नै हो ।

तथापि नेकपाको सरकार विघटन र नेकपामा आउन सक्ने सम्भाभित फुट्ले निश्चितरुपमा देशलाई घाटा हुनेछ । पार्टी एकता बचाउन स्वम् ओलीले त्याग गर्नु पर्ने हुन्छ तर ओलीका गतिविधिले एकता कायम राख्न उनको तत्परता देखिन्न ।

प्रधानमन्त्री र अध्यक्ष पद मध्य एउटा छोड्दा र संस्थागत निर्णय स्विकार गर्दा सायद पार्टी दुर्घटना तर्फ जाने थिएन भन्ने अनुमान पनि भएका छन् । तर अहिलेसम्म ति दुवै पदबाट ओली टस्मस् हुने सम्भावना देखिएको छैन । बरु कित्ता किलियर गर्न सरकारका मन्त्री र आफ्ना गुटतर्फ दवाव दिइरहेका छन् । आफु इतर पक्षका केहि नेताहरुलाई नयाँ कार्ड फाल्दै छन् । त्यसको सिधा अर्थ ओलि आफ्नो मनोमानी र स्वछाचारिता ढंगबाट चल्न चाहन्छन् । सबैलाई समेटेर पार्टी एकता कायम राख्न ईच्छाशक्ति देखाएका छैनन् भन्ने पुष्टि हुन्छ र पार्टी विघटन तिर नै उद्त देखिन्छन् ।

अर्को तर्फ ओलिले आफु इतर पक्षलाई जसरी आरोप लगाउँदै आएका छन् । त्यो भन्दा माथी ओली नै पदलोलुपता देखिन्छन् । उनी न कुनै पद छाड्न तयार छन् । वा अन्य पार्टीका युवा नेताहरु माथी सम्भावना देखेका छन् । त्यसको अर्थ उनै सर्वविज्ञ हुन् अरु सबै असक्षम यहि अहँकारले ओलि अहिले कमजोर बन्ने परिस्थिति सिर्जना भएको हो ।

पार्टीले निर्णय गरेका राम्रा कामको श्रेय आफै लिन्छन् । आफ्ना कमजोरीहरु अरुलाई भिराईदिने चुतुर्याई ओलिमा छ । जस्तै लिम्पियाधुरा सहितका नक्शा प्रकाशित गर्ने विषय पार्टीको निर्णय र दवावले सरकारको नीति कार्यक्रम राखेका थिए ।

अहिले त्यहि कारण आफुलाई हटाउन भारतसँग मिले भन्दै आफ्नै नेताहरुलाई आरोप लगाई हौवा फिंजाएका छन् र आफु ईतरहरुलाई विदेशी दलालको जबरजस्ती विल्ला भिराई दिने कोशिस गर्दै जनतामा ब्यापक भ्रम पैदा भएको छ । त्यो ओलिको कुटिल चाल मात्र हो । ओलीको राष्ट्रियता पक्षको हित हेर्न महाकाली सन्धि काफी छ । अर्को पक्ष अहिलेको एमसीसी संसदबाट अनुमोदन गर्न मोरिहत्यको अन्तर्निहित पक्ष बुझ्दा पनि ओलिको राष्ट्रभक्ति स्पष्ट हुन्छ ।

अहिलेको राष्टबादको हुकांर सत्य होइन । बरु कहिले काहिं परिस्थितिले ओलीलाई जबरजस्ती राष्ट्रबादी बनाउन मद्दत गरेको सत्य हो । यद्यपि छिमेकी ओलिप्रति सन्तुष्टि छैन, त्यो पनि सत्य हो ।

पछिल्लो समयमा नेपाली भु–भाग प्रकाशित र अन्य प्रकृयाप्रति सिङ्गो नेपाल नै ओली सरकारको साथ छ । तर ओलिले त्यो श्रेय आफुले मात्र लिन्छन् । पार्टी निर्णय मान्ने र सबैलाई सम्मान गर्न सके छिमेकीको प्रयास् गौण हो । छिमेकी नेपालको हित पक्षमा गरिने सामान्य निर्णयले संधै छट्पटाउने गर्दै आएको छ । अहिले पनि शिलशिलेबारको एउटा रुप हो ।

मुख्य कुरा ओलि स्वयं बन्दै पार्टी एक ठिक्का राख्न सके ईन्द्रेको बाउ चन्द्रे आए पनि ओलिलाई धक्काउन सक्ने अबस्था छैन तर यि सबै अवाञ्छनिय गतिविधि र कार्य रोक्न ओलि गम्भिर देखिन्नन् । बरु आफु पक्षिय कार्यकर्ता सड्कमा उतार्न निर्देशन दिएका छन् ।

जिम्मेदारी नेतृत्व पक्षबाटै यस प्रकारका क्रियाकलावले पार्टी एकतालाई मजबुद कायम राख्न प्रायसः असम्भव हुन्छ। नओलिलाई नै फाईदा हुनेछ । यदि नेकपा फुट्यो भने देश नै अस्थिर तर्फ जाने छ । अन्य प्रतिक्रियाबादी शक्तिहरु आउने छन् । आन्दोलनका उपलब्धिहरु जस्तै गणतन्त्र धर्मनिपेक्षता समेत धरापमा पर्ने छन् । प्रतिगामी तत्वहरुलाई टेवा पुग्ने छ ।

अतः ओलिले पार्टी एकता र सरकार कायम राख्न र अरु मजबुद पार्न आफ्नो हट त्याग्दै पार्टी निर्णय मान्नु नै वुद्धिमता हुने छ । त्यसबाट देश र जनताहरु वा पछिल्लो समयमा सरकारबाट हुँदै आएका निर्णयले सार्थकता पाउने छ । एमसिसी मातहत दिईने कथित अनुदान खारेज गर्दै नेकपा फुटर होइन । नयाँ रुपान्तरण सहितको एकताले नै नेकपालाई हित गर्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार