ओलीको कदमले देशको राजनीतिक अवस्थामा तरल बनाएको छ : खनाल

खिमराज चालिसे,

चंडिगढ, २० डिसेम्बर । “देशमा प्रतिगमनको खतरा झनझन प्रबल बन्दै गएको मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले बताउनु भएको छ । खनालले सो धारणा “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भष्टाचारको विरुद्ध संघर्ष गरौ” भन्ने मूल नारा अन्तर्गत राष्ट्रिय जनमोर्चाले देशव्यापी शुरु गरेको संघर्षको कार्यक्रमप्रति ऐक्यवद्धता कार्यक्रमलाई सम्बोधनको क्रममा राख्नु भएको हो ।

“आज ओलीको कदमले राष्ट्रलाई झन तरल अवस्थामा ल्याएको छ त्यसकारणले अबका दिनहरुमा हामी अझै शशक्त प्रकारको आन्दोलनमा होमीन तैयार हुनुपर्छ ।” खनालले भन्नु भयो– “नेपाली जनताले अब फेरि प्रतिगमनका विरद्ध संघर्षमा उत्रनु पर्ने आवश्यकता छ ।” गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाको प्रश्न पनि अत्यन्तै महत्वपूर्ण रहेको खनालको भनाई थियो ।

मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित लुधियाना नगर समितिको आयोजनामा सम्पन्न सभा नगर अध्यक्ष उदैसिंह चंदको अध्यक्षतामा तथा मान बहादुर आलेको संचालनबाट अगाडि बढेको थियो ।

कार्यक्रममा अतिथिहरुको आसन ग्रहण पश्चात ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पछि नन्दराज भण्डारीले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा महिला क्षेत्रीय विभागकी गिता चन्द, मूल प्रवाह क्षेत्रीय सदस्य रामचन्द्र पौडेल, क्षेत्रीय सदस्य नारायण पोखरेल, जनजाति विभागका मानबहादुर थापा, नगर सदस्य गोविन्द परियार, शंकर परियार, भगत विक, चक्र चन्द, रवि शर्मा, वलबहादुर लगाएतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार