ओलीको संसद विघटनको कदम विरुद्ध राष्ट्रिय जनमोर्चा विरोधमा उत्रिन्छ : शर्मा

नयाँ दिल्ली । राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले ओलीको संसद विघटनको कदम विरुद्ध राष्ट्रिय जनमोर्चा विरोधमा उत्रिने बताउनु भएको छ । सरकारको यो कदमले गणतन्त्रलाई खतरामा पारेको बताउनु भयो । “प्रतिगमनलाई फाइदा पुर्याउने अवस्था आएको छ” शर्माले भन्नुभयो, “ओलीको यो कदम विरुद्ध राष्ट्रिय जनमोर्चा विरोधमा उत्रिन्छ ।” शर्माले नेकपा भित्रको आन्तरिक कलह समाधान गर्न नसकेपछि ओलीले संसद विघटनको बाटो समातेको बताउनु भयो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको अखिल भारत नेपाली विद्यार्थी संघ पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा आयोजित “राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको प्रश्न” विषायक अन्तर्किया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य दिंदै महासचिव शर्माले “प्रधानमन्त्रीले जे जस्तो सिफारिस गरेपनि राष्ट्रपतिले सरसल्लाह नगरीकनै सदर गरिदिने प्रवृतिका कारण यो सिफारिस पनि सदर भयो ।”

मूल प्रवाहका महासचिव ठाकुर खनालले संसद विघटनसँगै देशमा राजनीतिक अवस्था अत्यन्तै अस्थिरता तर्फ धकेलिएको बताउनु भएको छ । यो अवस्थामा देशमाथि विभिन्न देशी तथा विदेशी शक्तिहरुको चलखेल बढ्नेछ । त्यसैले सम्पूर्ण देशभक्त शक्तिहरु एकजुट भई राष्ट्रियताको पक्षको आन्दोलनमा एकजुट हुन आवश्यक रहेको बताउनु भएको छ ।

अजय रेश्मीको सञ्चालन तथा शिवराज पाण्डेको अध्यक्षताबाट अगाडि बढको सो कार्यक्रममा सहभागिहरुलाई अमृता खरेलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा मूल प्रवाहका सविच प्रेम पौडेल, सल्लाहकार धनवीर पुन, विद्यार्थी केन्द्रीय सहसचिव कृष्टि राई, क्षेत्रीय सहसचिव शिव केसी, विद्यार्थी केन्द्रीय सदस्य दिपक भुसाल लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार