कथा : अन्ध बिश्वास

सुरेशकुमार पाण्डे
देशमा भर्खर बहुदल आएकोले त्यो बेला ब्यापक राजनीति छलफल त हुन्थ्यो नै सामाज भित्र रहेका परम्परा सँस्कारहरुको बारेमा पनि धेरै प्रश्नहरु आउँथे । मणि पनि भारतमा सामाजिक संगठनको कार्यकर्ता थियो । जो भर्खरै स्वदेशमा केहि दिनको बिदामा आएको थियो । छुट्टिमा आएको मौकाछोपेर परायजसो गाउँ ठाउँहरुमा संगठन गठन गर्ने पराय परम्परा नै बनेको थियो । उनीहरुले कलास चलाउँने र संगठन निर्माण गर्ने गर्दथे । त्यो बेला देशमा किसानहरुको संगठन निर्माणमा जोड थियो । यसै क्रममा आजको यात्रा धारापानी तिरको थियो ।
मणि लगायत तीन जनाको टिम बनाएर धारापानी भन्ने गाउँमा जान हिँडे, साँझ पर्नै थालेको थियो घामले नेटो काट्न अँझै बाँकि भए पनि यो खाडा भन्ने ठाउँमा घाम अलि छिट्टै अस्ताउँने रै छ । धारापानी यो गाउँ भन्दा अलि फेरामा भएकोले मणिहरु खाडामा एक जना आफ्ना किसानसँगमा भर्खर आउँनु भएको सदस्यको घर बाटो मै थियो । त्यहाँ भेटघाट भएर मात्र तल झर्ने सल्हानुसार त्यो घरमा पुगे ।

उहाँ उनीहरु मध्य सम्मानिय उमेरले जेठा पनि हुनु हुन्थ्यो र परिवारका मुलि पनि हुनुहुन्थ्यो, भित्र दलानमा सबैसँगै एकैछिन बसेका थिए । त्यो बेला उहाँकी जहानले भैंसी दोएर भित्र प्रबेश गर्नु भयो । मणिको अलि ठटौले बानि थियो, उनले दुध देख्दा बित्तिकै आहा आजता यहाँको घर खिरखानु पर्छ, भन्दै ठ्टा के गर्थे बुडा बुडीले नै जिब्रो टोक्दै मणि तिर प्रिल्लुक हेरे सबैले एक अर्कालाई हेराहेर भयो र एकछिनको मौनता पछि के भयो मैले के नराम्रो भनेर ? भन्दै मौन बाताबरणलाई मणिले नै फेरी प्रश्न तेर्छाएर तोडे ।

उसले अँझै पनि ठ्टानै गर्दैथ्यो कुरा बुझ्न सकिरहेको थिएन । यस्मा जिब्रै टोक्नु पर्ने कारण बारे भन्दै घरका मूलीले हामीले घरमा खिर पकाउँन ता परैको कुरा हो कुरा मात्रै गर्दा पनि हाम्रा भैंसी रुख चड्छन् भन्दै मणि लगायतका साथीहरुलाई सम्झाउँन थाल्नु भयो । कुरा अगाडि बढाउँदै होइन साँचै भैंसीनै रुख चडेछ भने यो भैंसीको मुल्य गरौं, मैले तिरुला तर खिर खानुपर्छ भन्दै मणि फेरी घर मूलीको भनाईबाट अशन्तुष्ट हुँदै प्रश्न राख्छ । मणिले गरेको ठट्टा भए पनि घरमूलीले ठट्टा गरेका थिएनन् ।
अहिले कुरा अलि गम्भिर थियो उहाँले ठट्टा पनि गर्नु भएको । खास गरेर भण्डारीहरुले खिर पकाउँने चलन चल्ति रैनछ भन्ने कुरा बुझिएको थियो तर पनि अहिले यहाँ यसैको बारेमा छलफल चलिरहेकोले कुरा अलि चर्काचर्कि नै आएका थिए ।

होईन बाख्राहरुता कहिले कसो घाँस पुग्न रुखमा चढ्ने गरेको हामीले देखेकाछौँ तर भैंसीनै रुख चढेको त आजै सुनियो भन्दै मणि लगायतका साथीहरु हाँसो गर्छन् । त्यहि बेला यदी म पागल भएँ भनी ? भन्दै घरमूलीले प्रश्न तेर्छाउँनु भयो । होइन त्यो भने ज्ञारन्टी लिन सकिदैन, हजूरको मन दरिलो छैन भनी त्यो हुँन्सक्छ तर मित्र भैंसी रुख चढेछ भनी मैले भैंसीको मुल्य चुक्ता गर्ने छुँ, भन्दै मणिले उहाँको कुराको उत्तर दिन्छ ।

यस्ता थुप्रै परमपराहरु समाजमा घर जमाएर बसेका छन् । हामीले पनि सिन्कि (गुन्द्रुक) खाल्टो खनेर आफै गाड्न हुँदैन भन्थे तर मैले आफु १२ बर्षको हुने बेला नै आफ्नै खुट्टाले सिन्कि खाँधेको हुँ । “पछि त्यो सिन्कि यति राम्रो भएको थियो मागेर नै सिध्याय अरुले, भन्दै मणिले यो पुराना यस्ता अन्ध बिश्वासमा न अल्झिन हुँन अनुरोध गर्छ । बुढापाकाले मलाई त्यो बेला हावा खुस्केको केटा भनेर हिँसा गर्दथे “उसले अगाडी भन्छ तर मानसिक रुपमा मानिस सशक्त छैन भने अबश्य पनि परम्परालाई तोड्न गारो हुन्छ हजुरले भनेझैँ म पागल भएपछि भन्ने प्रश्नको त मसँग पनि कुनै उत्तर छैन । त्यो अनउत्तर छ । किनकी त्यो प्रश्नको उत्तर आफै भित्र खोज्नु पर्दछ भन्दै मणिले कुराको बिटमार्ने प्रयात्न गर्छ ।

एक छिन सबै मौन रहन्छन यहाँको बसाई अलि लामो भएको सबैलाई अहिले महशुस भयकोछ । धारापानीमा रातीको बसाईछ गाई बस्तुहरुलाई घाँस पात गर्ने बेला भै सक्याथ्यो । एउटी छोरीले भित्र टुक्की बालेर उज्यालो गराईन् । त्यहि उज्यालोमा म ता परिपक्क छुँ यस्ता बिचारबाट भन्दै घर मूलिले चिया टक्राउँनु भयो । मणिहरुले चिया पिउँछन् ।

त्यसो भए ठिकै छ खिर खान पाइने भयो भन्दै सबै खितिति हास्छन् तर आजको बसाई धारापानी भएकोले सबैलाई अब हिड्न ढिला भएको भान हुँन्छ । घर मूलीले भैंसीको मूल्य दश हजार तीर्नु पर्छ यदी भैंसीलाई केहि भए भन्दै खिर पकाउन राजी हुनुभयो । त्यो बेला दश हजार राम्रो भैंसीलाई पथ्र्यो । ल ठिकैछ भन्दै मणिले भैंसीको मोल तीर्न तैयार भयो । यो गफमा समय गएको थाहा नै भएन । आजको रात्री भान्शा कुरा गर्दा गर्दै तयार भैसकेको रैछ मणि लगायत सबैले यही भान्शा गरेर धारापानी तिर झर्छन् ।

त्यहाँ पनि यस्तै खाले धर्म जात, सँस्कार परम्परा, झाँक्री, बोक्शी लगायतका प्रश्नहरु धेरै जसो थिए । त्यो बेला जताततै यस्तै खालका प्रश्नहरु आउँथे । राजनीतिका बिषय बस्तुहरु यीनै शब्दजालमा अल्झिएका हुन्थे । रातैभरी क्लास छलफल चल्यो एकछिन पनि न सुतेर रात बित्यो । जाडोको मौशम ता थिएन तर बिहान पख अलि चिसो नै थियो । बिहानै सूर्यको रातो लाली त्यो रिपा जस्तो भूमिलाई सौर्णिय बनाएको थियो । सबैको बिचार थियो अहिले उहाँ भण्डारी जिकै घरमा चिया पिएर जाने । त्यसैले धारापानीबाट छिट्टै नास्ता खान नलाएर फर्केका थिए ।

तर त्यहाँ पुग्दाको आर्कै दृश्य दिखियो मणिहरु बारीको ढिकमा पुग्दा आगनमा धेरै मान्छेहरु उभिएका थिए । जसले गर्दा बारीको ढिकबाटै त्यहाँ केहिन केहिभएको छ भन्ने अनुभव गर्न सकिन्थ्यो । त्यो दृश्यले मणि लगायतका साथीहरुको खुट्टा कापेको थियो ।

माथि गोठमा पुग्दा सबै घरका मान्छे भाईर गोठमा छन् तलबाट दायाँतिर घर अनि बाँया तिर गोठ थियो । भैंसी गोठमा पल्टेको छ, ताउलामा राखेको दाना जस्ताको तेस्तैछ, न घाँस खान्छ, मुखबाट फिन छोडेकोछ । “सबैले एकोहोरो भएर मणिको अनुहार तिर हेरेका छन् मानौं उनीहरुसँग एउटा मात्र प्रश्न थियो त्यो जस्को जवाफ मणिसँग थिएन । एउटाले हातमा चामल लिएर आफर हेर्दैछ अनि उसले कुलकुलानी देख्छ । भैंसी हलचल गर्दैन आँखा राता राता छन् मुखबाट फिन निकालेको छ । आखिर केहो त यो ? मणिले रातभरी दिएको क्लासले अहिले उत्तर खोजेको छ ।

के भयो ? नजिकै गएर बल्बतल्ल हिम्मत जुटाएर मणिले सोध्यो । अनि कुनै बिल्टो परेछ कुलकुलानी देखिन्छन, आकात हेर्नेवालाले भन्छ । बाताबरण सुन्य छ सबै मौन छन् । मात्र एकले आर्काको अनुहारमा केहि खोजे जस्तै लाग्छ वा पछुतोका प्रश्न चिन्हहरु साफसाफ देखिन्छन् ति आँखाहरुमा । मणिले त्यो भैंसी तिर गम्भिर भएर हेर्दैछ न त्यहाँ कुनै पुशुका डाक्ट्र छन् । न भैंसीलाई कतै लगम भन्न सक्ने हिम्मतनै जुट्छ लिएर पनि कहाँ जाने ? मणिले आखत हेर्ने तिर टुलुक्कै हेर्छ । उसले कुल देखिन्छ भनेर फेरी आफ्नै बिचार पोख्छ ।

कुल मिलाएर यहाँको यतिबेलाको अबस्था अत्यान्तै गम्भिर देखिन्छ । होइन मित्र भैंसीलाई साँझमा कुनै काँडावाला घाँस ता दिनुभएन ? मणिले प्रश्न गर्छन् त्यहाँ मदन, मणि र एकजना अरु साथी छन् तर कसैको पनि यसबेला कुनै बिचार सुझ्दैन । घर मूलिले कहाँ हुने मकैको पोष्कर दिएको हो भनेर उत्तर दिन्छन् । पोस्कर पनि मकैका झौँता छोडाएर सफा दिएका हौँ, नजिकै उभिएकी छोरीले भनिन् ।

मकैका सिँगा घोगा छन् घरमा ? मणिले उनीहरुको कुरालाई काट्दै सोध्छ । छन् किन नहुँने ? भन्दै छोरीलाई एउटा झोँदा लिन पठाउँनु भयो । उहाँको यतिबेला अनुहार रातो देखिन्थ्यो ।

उहाँ पहिले पञ्चायति कालमा पञ्च र पछि काँग्रेस अहिले केहि महिना अघि मणिहरुको पार्टीको किसानसँगको सदस्य हुनुहुँन्थ्यो । त्यो पनि एकदिन राति मणिका घरमा गएर आफै मलाई तिमिहरुको पार्टीमा प्रवेश गराओ भन्दै आफ्नो दुखेसो बितेका कुराहरु सुनाउँनु भएपछि उहाँलाई एउटा भेलापछि सदस्यता दिएका थिए । अहिले आजको यो घटनाले उहाँलाई अलि निराशा मनमा छाएको भान हुन्थ्यो ।
छोरीले तालबाट एउटा मकैको झोँता ल्याएर दिईन् । मणिले एउटा मकैको घुँघा भैंसीको मुखमा दिन खोज्छ भैंसी आँ गर्छ तर चबाउँदैन जिब्राले खेलाएर भुईँमा जर्छ यो क्रम अलिबेरसम्म चल्छ । मकैको घोघाँ मुखमा राखेर यताउता केहि छ कि भन्दै हेर्दै गर्छ तर कुनै सफलता मिल्दैन । बिहान छिप्पिँदै गएको छ, यो घरमा कसैले केहि खाएका छैनन् । सबै निराश छन् । हुन पनि किन नहौँन । यस्तो अबस्थामा कसलाई पो भोक लाग्छ र ? मणिले भैंसीको मुखभित्र जताकतै हेर्छ भाईरबाट छाम्छ,उसले भैंसीको मुखको बङ्गाराको र छालाको बिचमा केहि भएको जस्तो मान्छ तर त्यो भैंसीको मुखमा हात नहाल्दै पत्ता लाग्दैन र मुखमा हात कसरी हाल्ने ? यो समस्या पनि छ । उसले कसैसँग केहि भनेको छैन, एउटा एउटा गर्दै मकैका घोघा मुखमा राख्दै आफ्नो हात भैंसीको मुखभित्र हालेर बंङगाराको र त्यो गिँजाको बिचबाट एउटा ढुङ्गा जस्तै बलियो केहि चिज निकाल्न मणि सफल हुन्छ । त्यसपछि भैंसी जुरुक्कै उठेर त्यो ताउलाभरीको दाना सबै एकै छिनमा खाएर सकछ ।

भैंसी अब एकदम ठिकछ, त्यो ढुङ्गा जस्तो बस्तु मकैको पोक्सरमा झोँता बनाउँदाको गाँठो थियो । अब आखत हेर्नेवाला बिस्तारै भिजेको बिरालो जस्तै लुसुक्कै खिस्किन्छ । बल्ल यहाँ सबैको अनुहारमा घाम लागेको अनुभुति हुन्छ । तर मणिको मन मष्तिकमा अनगिन्ति प्रश्नहरु आउँने जाÞने गरेका छन् । साँचै आज यो भैंसीनै मरेको भए के हुँन्थ्यो ? यो परिवारले जुनिभरी खिर पकाउँने कुरा गर्ने हिम्मत ता के जताततै यस्को दुष्परिणाम फैलिनेथ्यो धुँवा जस्तै समाजमा । नराम्रो बिचार फैलिन बेर लाग्दैन “मणिलाई आफुबाट जाने त्यो दशहजार रुपियाँको होइन बरु यो अन्धबिष्वाशबाट हुने दुष्परिणामको बारेमा चिन्ता थियो । तर अहिले उ बल्ल बल्ल यो दलदलबाट उम्केको थियो । सबैलाई आफ्नो प्रयासबाट हिम्मतबाट जोगाउँन सफल भएकोमा गर्वगर्दै थियो । अहिले यो घरमा फेरी हाँसोको बिश्वासको माहोल उस्तै दुरुस्तै थियो । अनि फेरी यहाँ भित्र खाटमा बस्दै आज चिया पाइन्छ ? मणिको प्रश्न थियो । सबैले फेरी हाँस्दै चिया पिएर बिदावारी हुन्छन् ।

५ January २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार