कथा : चिसोबाट जोगिन खोज्दा आएको काल

सुरेशकुमार पाण्डे

बिहानैदेखि भाग दौड गर्दा ज्यान थकित भएको त छँदै थियो, चिसोले पनि उस्तै ससताएको मणिले महेशुष गर्दै थियो । उसको भित्र मनले एकैछिन घाम निक्ले पनि शरिरलाई अलि फुर्ति आउँथ्यो भन्ने सोँच्दै थियो ।

बिहानै उ सामन्य अस्पतालको मुर्दाहरु राखेको ठाउँमा चार जनाको लाश कुरेर बसेका पनि मणि लगायत चारैजना थिए । जनवरी महिना लाग्दैको जाडो माथिबाट चिसो डम्मै कोहिरो जस्तो तुसारोले नजिकै मानिसहरुलाई पनि चिन्न ग्रारो हुन्थ्यो ।

अँझै लासको पोष्टमार्टम भएको थिएन, मणि लगायत केहि सामाजिक कार्याकर्ताहरु बिहानै देखि सबै काम छाडेर बश अड्डाको नजिकको ब्लू स्र्फिडर होटेलमा पुगेर उनै मानिसहरु बस्ने र काम गर्ने ठाउँको निरक्षण गरेर फर्केका थिए ।

उनीहरु होटेलको माथि छतमा बनेको एउटा ठुलो कोठामा बस्ने रैछन् । तल होटेलमा काम गर्नेहरु, होटेल भर्खर खुलेको थियो । किरायमा लिएर खोलेको केहि महिना मै यो घटना खेप्नु पर्दा मालिक पनि मलिन भएका देखिन्थे । बिहानै एकजनाले मणिको क्वाटरमा नेपालीहरु खोज्दै आएकोले मणिहरु सुचना पाउँदा साथ त्यहाँ पुगेर सबै खाले जाँच पड्ताल गरेका थिए । उक्त होटेलमा काम गर्ने लोकल कर्मचारी आ–आफ्ना घरमा जाँदा रैछन्, नेपालीहरु चाहिँ त्यहि कोठामा बस्दा रैछन् ।

उनीहरुले रातिमा होटेलको काम सकेर ठिकठाक आफ्नो कोठामा सुत्न गएका सँगै कोइला लिएर जलाएछन् र जनवरी ८ तारीखको सुतेका उनीहरुले धेरै चिसो बढे पछि जाडोबाट बच्न कोइला बालेर दर्वाजा र खिड्कि सबै बन्द गरेर सुतेका रैछन् । धेरै जाडो थियो उनीहरुको बिचारमा कोइला बालेर दरबाजा बन्द गरेपछि कोठा तातो हुन्छ र न्यानोमा सुतिन्छ भन्ने थियो ।

उनीहरु मध्य एक दुई जनाले अलि–अलि पिउँदा पनि रहेछन् । उनीहरुलाई यो थाहा भएन कोइला जलेको ग्यास (मनोअक्साइड) द्वारा ज्यान पनि जान सक्छ । दरवाजा बन्द गरेर सुतेपछि त्यहाँ कतैबाट हावा पास हुँने ठाउँ नै भैन । बिहोस भएर भार्लाङ्ग भुर्लुग पल्टेका बिहान पख करिब करिब ७÷८ बजे तिर त्यहाँ साफ सफाई गर्न आउँने गोपालले भित्र ग्यास धुँवा भरिएको सिशाबाट देखेर दैलो खट–खटखए छन् तर भित्रबाट कुनै आवाज न आउँदा उनले आफ्नो मालिकलाई खबर गरे । मालिक आएर पुलिस र एम्बुलेंसलाई बोलाई पुलिसले तुरुन्तै दरवाजाको त्यो शिशा तोडेर त्यहाँ भएका क्रमचारी बेहोस देखेपछि तुरुन्तै हस्पिटल पुराए तर डाक्टरले उनीहरु चारै जनालाई मृत घोषित गर्यो ।

मणि लगायतका समाजिक कार्याकर्ताहरु त्यो सबै निरक्षाण गरेर पुलिस पत्रकार मालिक सबै फेरी यो अस्पतालमा फर्केका थिए । अहिलेसम्म कुनै आफन्त आएका थिएनन् । उनीहरुका आफन्त हरियाणाको अम्बाला शहरमा बस्थे उनलाई खबर मालिकले आफै बिहानै घटना थाह पाउँदा बित्तिकै सुचाना दिइसकेको बताए । त्यसैले पनि उनीहरु न आउँदासम्म ता कुरेर बस्नुको बिक्लव के गर्न सक्थेर मणिहरु तिन चारजना बसेर लाश कुरेका थिए । यहाँ पुलिस र होटेलको मालिक पनि थिए । त्यो बेला भर्खर अलि–अलि घाम देखिन थालेको थियो । घडीले एघार बजाए पनि घामको सक्ल भर्खर मात्र देखियो । बिस्तारै एक्का–दुक्का नेपालीहरु आउँन थाले हेर्दाहेर्दै मानिसहरुको घुुइँचो लाग्यो, दिउँसोको दुई बजेतिर ढाई तिन सय जति मानिसहरु जुटिसकेका थिए । उनका आफन्तहरु पनि एउटा बसमा बरिएर अम्बालादेखि आइपुगेका थिए । अहिले अस्पतालको बाहिर चौरमा करिब पुग नपुग तिन सय जति मानिसहरु जुटेका थिए ।

आफन्त मध्यकाहरुले कसैले डैथ बाडिलाई नेपाल पुराउँने भनेर त कसैले पोष्टमाटम गराउँनै नहुने भनेर कराए । कसैले होइन दाह सँस्कार यतै गर्ने र पोष्टमार्टम पनि गरौँ भनेर कराए । कसै–कसैले त मदिराको पुरै मातमा । यहाँ त एकप्रकारको मेला लागेको जस्तै देखिन्थ्यो । उनीहरुको आपस मै कुरा नमिल्दा समस्या । दिनले बिस्तारै अस्ताउँने तिर हिंडिरहेको छ, यिनिहरुको भने कुनै निष्कर्ष निस्किएन । मणिलाई यो भिडलाई कसरी कन्ट्रोल गर्ने भन्ने थियो । मणिले सबैलाई आफ्नो कुरालाई सुन्दिन हुन अनुरोध गर्छ ।

“साथीहरु हाम्रो बिचमा यो अनहोनी घट्न घटेकोछ, यसमा कसैको हात छैन, मात्र शिक्षाको कमिले उब्जिएको घटना हो । हामी सबैले यो घटना कसरी घट्यो भनेर पुष्टि गर्न पोष्टमार्टम गराउँनै पर्ने रह्यो लाश कहाँ दाह सँस्कार गर्ने भन्ने बारे । यो बिषयमा आफ्ना साख्खै यहाँ हुनुहुन्छ, त्यसकारण तपाई भैसके पछि मरेको मान्छेलाई घर लगेर पनि दाग बत्ति नै दिने हो यहाँ पनि त्यहि हो जे भन्नु हुन्छ छिट्टै भन्नुस र लासको पोष्टमार्टम भने गर्नै पर्छ “मणिको यो बिचारमा धेरै सहमत भए । तुरुन्तै पोष्टमार्टम गर्न लगियो ।

चारवटै लाशलाई पोष्टमार्टम गराए पछि उनीहरु कोइलाको ग्यास मनोअक्साईडबाट प्राण गएको पुष्टि हुन्छ । सबैले अहिले नजिककै समसान घाटमा उनीहरु चारै जनाको दासँस्कार गराउँ छन् । मालिकले सबै दासँस्कारको खर्च उनीहरुको किराया भाडा र चारै जनाको केहि रकम मुवाब्जा स्वरुप दिएर पठाउँ छन् ।

यो घटना आज भन्दा करिब आठ बर्ष पहिले सन २०११ को हो तर आज पनि यो भर्खरैको ताजा घटना जस्तो लाग्छ । यो चिसोको मौसममा उक्त घटनाले अर्को यस्तै प्रकारको घटना न घटोस् भन्ने शिक्षा दिन्छ ।

जाडोको यो मौसममा धेरैले आगो ताप्ने चलन हुन्छ । कोइलाको आगो वा हिटर लगाएर कोठालाई बन्द गरेर बस्दा र सुत्दा यस्ता घटनाहरु दोहरिन सक्छ । त्यो बेला उक्त घटनामा परेर मर्नेहरु सबैजसो बैतडि जिल्लाका थिए ।

(नोटः ८ जनवरी २०११ मा हरियाणाको टोहनामा घटेको वास्तविक घटनामा आधारित यो सत्य कथा हो ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार