कथा : बिरासत

सुरेशकुमार पाण्डे

जब मनले ठिकसँग चाल पाउँने भयो उसलाई ’लेक’ को पाटो अंशमा मिल्यो । जसमा छे जना सामिल थिए । पाँच भाई बैनी एउटी आमा । यो पाटो त्यो बेला मनका बाले १८५० दाम हालेर किनेका, केही बर्षमै उनको निधन भयो । उनले यहाँ पुरानो गोठ भत्तकाएर नयाँ उस्तै राम्रो गोठेघर बनाएका थिए । जस्मा एकातिर पशु, अर्को तिर मान्छेको बास थियो । यो बनाउँन लेक बाउ छोरा नै आउँथे मनलाई कताकति काउलेपानीको घर भन्दा पनि यो शुन्दर लागदथ्यो ।

केहि बर्षमै बाबाको मृत्युपछि मनलाई यहि पाटो मिल्यो । अब जे जस्तो भयपनि यँहि बस्न बाध्य भए।यँहा त्यो बेला ठुलाठुला काल्ना र फुर्सेटीका बुटाहरु, ठुलठुला ढुङ्गा थिए । मनहरुले पहिलो बर्ष १५ पाथि गहुँ भित्राएका हुन्, त्यसैमा छे जनाले पाल्लिनु पथ्र्यो, अरु कुनै साधन थिएन ।

परिवारको दुःख देखेर होला यो बारीका काल्नाकाल्नामा लटरम्मै गोलभेंडा फल्न थाल्यो । जस्लाई मनहरुले कहिलेई लगाउँ नै नपर्ने । यो एउटा चमत्कार नै थियो । गोल भेडा (टमाटर)लाई टिपेर बजार लग्ने र बजारबाट चामल किनेर ल्याउँने काम मनले गर्यो । गोल भेंडा र कालु गाईको दुधले यो छ जनाको परिवारलाई लगभग तिन बर्षसम्म पाल्यो । मनका आमा छोराले दिन रात काल्ना फोर्ने ढुङ्गा निकाल्ने गरेर बारी बढाउँन सफल पनि भए । परिणाम अर्को बर्ष त्यो पाटोमा तिन मुरी गहुँ फल्यो । साँच्चै भन्नु पर्दा यो पाटो मनका आमा छोरालाई मुटु जस्तै प्यारो लाग्न थाल्यो ।

बारीमा काम गर्दा मनका आमा छोरालाई थकई भन्दा उर्जा पलाउँथ्यो । अनि अरु भएको बाँजोलाई बारी बनाउँने हिम्मत जुट्थ्यो । दिन बित्दै गए, ऋण पनि लाग्दै गयो । एकदिन आमा छोराले सल्लाह गरे, अनि मन लाहुर गयो । एक जना मान्छे एकैठाउँ काम गर्न सक्थ्यो । बिस्तारै दिन बित्दै गए मनको बास लाहुर मै हुन थाल्यो । भाई बैनी ठुला भए, बिवाह भयो आ–आफ्नो बाटो लागे । मन कि आमाले यो पाटो नछाड्ने निधो गरेर धेरै बर्ष यहि माटोमा संघर्ष गरिन् । कतिसम्म बुढो शरिर अड्डिन सक्छर ? दुःख बिमार एक्लै असम्भब थियो ।

एकदिन– “आमा अब शरिरले काम गर्न छाड्यो, यहाँ हजुर एक्लै बस्दा कसले रेखदेख गर्छ ? अब हजुर पनि तराईमा छोराछोरीको नजिक गएर बस्नुस् !” भन्दै मनले आमालाई संझाउँने प्रयत्न गर्छ ।

“म कसरी यो पाटो चत्रक्कै छाडेर जाने बाबु ? अँह म यो बारी नबिक्दासम्म जाँदै जान्न !” भन्दै आमाले अडान लिनुभयो । आमाको अनुहार अध्यारो हुन्छ ।

मनले त्यो अनुहारलाई पढ्न थाल्छ । त्यहाँ त्यो पाटोसँगको मायाँ, आफुले बगाएको पसिना, गरेको दुःख प्रस्ट देखिन्थ्यो । मन त मनको पनि छैन यो पाटोलाई छाड्ने तर के गर्न सक्किन्थ्यो ? आफ्नो मन त्यागेर भए पनि आखिर आमालाई तराईमा झार्ने निधो गर्यो ।

अर्को बर्षको दशैंमा सबै भाई बैनी जुटेकै बेला मनले यो बारी बेच्ने आमासँग अनुमति प्राप्त गर्यो । भाईहरुलाई भन्यो– “अब हामीले यो बारी बेच्नु पर्यो र आमालाई तल झार्नु पर्यो” भन्छ, सबै राजि भए । “यो बारीलाई हामीहरु मध्यले नै किनौँ ?” उसले प्रस्ताब राख्छ । आखिर कस्ले किन्ने कोई पनि त्यो बेला राजि हुँदैनन् । मन आफैले बारी किन्ने निर्णय गर्छ ।

पाटो नबिक्दै आमाले नछाड्ने अनि पाटो नबिक्ने संकट ज्युँका त्युँ देखेपछि मनले पाटो किन्ने र अन्तै बेच्ने निर्णय गरे ।

आमालाई तराईमा झारे, आमालाई कत्ति सकुन भयो भैन त्यो छुट्टै पाटो छ । तर बिस्तारै त्यो बारीको पाटो बाँजो हुँदै गयो । आखिर मन आएर बस्न पनि नसक्ने । अरुले नलाई दिएपछि त्यो अबस्था आउँनु स्वाभाबिक थियो । ग्रहाक नलागेका पनि होईनन् । मात्र बेच्ने मन मनकै नभएको हो । मनको बिचारमा यो पाटो मात्र थिएन, पूर्वजको निशानी र आमाको हृदय परिवारको कथा लुकेको र छ जाना खेलेको आगन थियो । यो सबै सोँचेर मनले बेच्न मानेन । आफ्नो आमाको पौरख लगानी, पसिनाले हुर्केका रुख बिरुवा थुप्रै कथा छ यो पाटो भित्र । तर जसले एक थोपा पसिना बगाउँदैन उसलाई माटोको रहस्य थाहा हुँदैन । छोरा छोरीहरु ठुला भए उनीहरुलाई पनि यो अल्झन जस्तै लाग्छ होला ।

अहिले त्यो पाटामा मोटर हिँड्ने बनाउँन थालेका छन् । जस्ले उनलाई थाहा छैन । यहाँ मनका भित्रै कथा लुकेका छन् । अनि त्यो मोटर मनको छाती माथि चल्ने हो । उनीहरुलाई आज दुई लेनको बाटो प्यारो भएको छ । मनको मन अँध्यारो भयको छ । मनले एकपाथि दहि, दुईकिलो गोल भेंडा बोकेर बजार जान्थ्यो, अनि एक पाँच पाथी भुजिया चाँमल बोकेर हिँड्दै साँझ घर पुग्थ्यो । किनकी यहाँ घर थियो । जब घरै हुँदैन गरिब किसानलाई दुईलेनको बाटो पनि त काम लाग्दैन । आज मनलाई पालेको त्यो पाटोको छातिमा बुलडोजर चल्दैछ । बौँशाहरुले हाँसोमा उडाएका छन् । कसैको प्राण भन्दा प्यारो पाटोमा आज बाटो बन्दैछ । सुनेर मन भावुक हुन्छ मनमा धेरै बिचारहरु खेल्छन् । आँखाको डिलमा आँसु बनेर उभ्भिएका छन् तर कसैले देख्दैन मनको चस्मा भिजेको ।

११ जुलाई २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार