कविताः मसालको झण्डा

  • जुना चालीसे

नारीको आवाज सुनिन्छ कहा हावाले उडाउछ ।
सपना साकार नहुँदै हाम्रो जंजीरले चुडाउँछ ।।

कसले देख्ने कसले बुझ्ने नारीको वेदना ।
दमन खाली अत्याचार मात्र पर्नेछ सहन ।।

त्यी चर्का भाषण नेताका कुरा अधिकार दिलाउछन् ।
अन्याय भित्र अत्याचार घोली जहर पिलाउँ छन् ।।

भनिन्छ भन्दा छोरा र छोरी समाजमा बराबर ।
त्यी आखाँ बन्द गरेर गल्ति गर्दैछन् सरासर ।।

आउननी दिन्नन छोरीलाई धेरै त्यी आप्mनो देशमा ।
छोरा कि छोरी चिन्नलाई आतुर आमाको पेटमा ।।

छोराले जन्म लिँदा त यहा खुशी नै मनाउँ छन् ।
छोरीको जन्म दिने आमाला कसूरवार बनाउँ छन् ।।

यी धेरै भय अत्याचारहरु सकिन्न सहन ।
हिम्मत गरी लडौ है चेली आसु नदेउ वहन ।।

धेरै छ चेली साहाश तिम्रो लडाइ लडनुछ ।
यि जंजीरहरु तोडेर अघी हामी नै बढनु छ ।।

नगर शोषण नगर दमन नारीले रोक्ने छन् ।
यी चुडी लगाउने हातहरुले वन्दुक छोपने छन् ।।

दास सामन्तसँग लडेका चेली थिए यी मौकामा ।
नसम्झ पुरुष नारीलाई सिमित चुलोर चौकामा ।।

अन्याय शोषण दमनलाई अव हिडनेछौं रोकेर ।
यो रक्त रंजित मसालको झण्डालाई बोकेर ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार