कहिल्यै हार नमान्नु

नम्रता सिंजाली

कहिल्यै हार नमान्नुस आज कठिन छ
भोलि अझै कठिन हुने छ
तर नआत्तिनुस् पर्सि अब छिट्टै दिन आउने छ
किनकि
अहिलेको यो कोरोना भाइरसले
त्रसित बनाउँदै छ, आतङ्कित बनाउँदै छ
हप्तामहिना हैन बर्सेनिजस्तो छ
ठुलोसानो गरिबधनी बुढोबालक
शायद केहि कोही भन्दैन होला
सङ्कटमा छ मानवजाति
सबैलाई दुःख, अनि पीडा छ
विदेशको भूमिमा मृत्युसँग लडाइँ गर्दै
आफ्नो भूमि देख्न पाउँ भनी
सरकारसँग गुहार माग्दै छन्
दशगजामा हजारौँको भिड छ
मेरो भूमिमा जान पाउँ भन्दै
विलाप गर्दै छ्न्
सबै दुःखकष्ट भुलेर भन्दै छन्
सरकार छिटो उद्धार गर भनेर
तर पनि
कहिल्यै हार नमान्नुस् आज कठिन छ
भोलि अझै कठिन हुने छ
तर नआत्तिनुस् पर्सि अब छिट्टै दिन आउने छ
हो थाहा छ घरभन्दा परका प्रवासी
आफ्नो माटोको, अनि मुलुकको
त्यो अथाह माया छ
हेर्दा नजर पुग्दैन मेरो देश मेरो घर
मेरो परिवार भन्दै
प्राण त्याग गर्नुपर्ने कस्तो विवशता
ज्याला–मजदुरी गरेर खानेलाई झन् कष्ट
राहत त्यो मजदुरले हैन सम्बन्धले पाउँछ
कठै त्यो मजदुर
दश किलो चामल, अनि पोका एक नुन पाउन
भोक हैन, रोग हैन, सरकारी कागज चाहिएको छ
यो त मानवजातिमाथिको संङ्कट हो
किन कागजको नाटक ?
विचरा त्यो मजदुर किन प्रमाण झोलामा बोक्यो ?
भोकै हुदा आँसु नझरोस्
ध्यान जाओसु सरकार
कहिल्यै हार नमान्नुस आज कठिन छ
भोलि अझै कठिन हुने छ
तर नआत्तिनुस पर्सि अवश् आउने छ
बिडम्बना छ, न धनी भन्यो न गरिब
रोगले त वर्ग छुट्टाएन
केवल छ त विभेद शासकमा छ
यति हुँदाहुँदै पनि
स्वास्थ्य नै हाम्रो सम्पत्ति रहेछ
बुझौँ, अनि बसौँ घरभित्र
यो महामारीको औषधि हो
नजाउ घरबाट बाहिर
धोऔँ निरन्तर हात
नछोउँनधोई अनुहार
नजाउँ असुरक्षित हुन भिडभाड
ज्यान रहे गरौँला सबै काम भोलि
ऋण लाग्ला विस्तारै तिरौला
त्यसैले भनिन्छ नि
ऋण लागोस् तर दिन नलागोस्
त्यसैले अब
कहिल्यै हार नमान्नुस् आज कठिन छ
भोलि अझै कठिन हुने छ
तर नआत्तिनुस् पर्सि अबश्य आउने छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार