काका र फुचुंग्री (भाग १५)

फुचुंग्री : काका ! बेमौसमको वर्षातले किसानहरुलाई धेरैनोक्सान भयो नि ?

काका : जलवायु परिवर्तनको असर हो । जथाभावी बन फडानी, विकासको नाममा बिना मापदण्ड सडक निर्माण, वायुमण्डल प्रदूषण नियंत्रणमा लापरबाही यिनै कारणले बेमौसमको वर्षात भयो । खेती डुबानमा परेर, पहिरो बाढी आएर धेरै नोक्सानी भयो।

फुचुंग्री : किसानको नोक्सानीको जिम्मा सरकारले लिनु पर्दैन र ?

काका : जन उत्तरदायी सरकार भए पो सरकारले जिम्मा लिन्छ, नोक्सानी भएकाले के कति नोक्सानी भयो फाराम भरेर देऊ भनेको छ रे, सरकार यदि साँच्चिकै गम्भीर हुँदो हो त सरकारी प्रतिनिधि पठाएर के कति कारणले कस्तो खालको नोक्सानी भएको छ स्थलगत अनुगमन गर्नु पर्ने हो । त्यो फाराममा किसानले सही र सत्य लेखेर फाराम भर्छन् भन्ने के ग्यारेण्टी ? या त भरेको फारामको पैंसा दिने मनसाय छैन या त आफ्ना पार्टीका मान्छेलाई सरकारी पैसा बाँडने चालबाजी हुँदैछ । हुनसक्छ यही गलत तरिका सरकार ढल्ने उल्टो दिन गन्ति सुरु भइसक्यो ।

फुचुंग्री : शिक्षक सरुवा बढुवामा ठूलो धनराशीको चलखेल भएको कुरा आको छ नि काका, त्यो के हो ?

काका : हो, सत्ताधारी दलका नेता शिक्षकद्वारा सञ्चालित एउटा गिरोह सक्रिय छ भनिन्छ । दुई लाखदेखि सात लाखसम्म सरुवा बढुवाको नाममा पैसा लिने गरेको पाइन्छ । एउटा नेता शिक्षकले त ‘तिमी मसँग मैले भोलि शारिरीक सम्बन्ध राख्ने हुँ’ भनेर मेसेज गरेको साईबर क्राइममा मुद्धा परेको समाचार सार्वजनिक भएको छ । यसको अर्थ शिक्षक सरुवा बढुवा बन्दोबस्त मिलाउने भन्दै नेता शिक्षकको एउटा गिरोहले आतंक मच्चाएको छ । यो पुँजीवादी बुर्जुवा प्रजातन्त्रको असली रुप पनि हो ।

फुचुंग्री : यस्तो विषम परिस्थितिमा पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलन जुर्मुराउन नसक्नुको कारण के होला ?

काका : कमरेड माओले भन्नु भएको छ क्रान्ति कुनै भोज भतेर होइन कसैको इच्छा चाहनामा जुर्मुराओस, मूल्य वृद्धि गर्ने, तस्करी गर्ने, घुस खाने, भ्रष्टाचार गर्ने, ति गिरोहका मान्छेहरू गरीब दुःखी जनताको नजरमा सच्चा क्रान्तिकारी कम्युनिस्ट वा लोकतन्त्रवादी वा मानवअधिकारवादी वा अभियन्ता समाजसेवी बनेर घुमिरहेका छन्। तिनीहरूलाई चिन्न र जनताको सामु नांगेझार पार्न त्यति सजिलो छैन तैपनि नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले त्यो कुरामा शुस्म अध्ययन गरेर क्रान्तिको लागि आधार बनाउँदैछ भन्ने लाग्छ हामीलाई।

फुचुंग्री : काका ! पार्टी विरोधी गतिविधिमा संलग्न कथित बिद्रोही गिरोह पनि क्रान्ति विरोधी नै हुन् त ?

काका : त पनि कति लाटी हो क्या, पार्टी विरोधी गतिविधिमा संलग्न रहेका कहिलेका कुन गिरोहले क्रान्ति गरेका छन् र ? हिजोका दिनमा मसालले क्रान्ति गरेन, मसाल दक्षिणपन्थी भयो अब हामी क्रान्ति गर्छौं भनेर पार्टी फुटाल्ने पार्टी छोडनेहरुले घुम्दै फिर्दै रुम्झाटार भने झैँ झनै दक्षिणपन्थी बाटो तताए । यिनीहरूले पार्टीको लाइन संघीयताको विरोध छाडिसके, धेरै टाढा पुगिसके।

फुचुंग्री : कथित छ जना केन्द्रीय समिति सदस्यले वार्ताको स्वागत गर्दै हस्ताक्षर धस्काएको प्रेस विज्ञप्ति निकालेछन् नि काका ?

काका : पहिलो कुरा त भूमिगत राजनीतिमा लागेका केन्द्रीय सदस्य मात्रै होइन कुनै पनि सदस्यको नाम सार्बजनिक हुँदैन, ति छ जना जसले प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेका छन् तिनीहरूले जागरण नामको अलग्गै राजनैतिक संस्था चलाईरहेका छन्। तिनीहरूको माग पूरा हुनै नसक्ने सर्त सहित वार्ताको स्वागत गरेका छन्, कारबाही गरिएका सबैलाई बिना सर्त पुनर्बहाली गर्नु पर्ने, समानान्तर कमिटी गठन गर्दै हल्ला गर्न पाउनु पर्ने, आठौँ महाधिवेशन खारेज गरी विशेष महाधिवेशन गर्नुपर्ने, हिनामिना गरेको रकम फिर्ता गर्न नपर्ने खालका अनौठा सर्त तेरसाएका छन्, जुन कुरा सम्भव नै छैन । पार्टीको आठौं महाधिवेशन स्वयं तिनीहरूको उपस्थितिमा विधि र प्रक्रिया पूरा गरेर सम्पन्न भएको छ, ति छ जनाले सड्कबाट माग गरेर विशेष महाधिवेशन हुँदैन । पार्टीका सबै सदस्यलाई लागू हुने नियम अनुशासन तिनीहरूले पनि मात्रै पर्छ । अलग अलग प्रकृतिका कारबाहीमा परेका मान्छेहरूलाई ती छ जनाले सडकबाट भनेर माफी दिने वा पुनर्बहाली गर्ने पार्टीको विधि र नीति मै छैन । मसालले छ जनाको कथित जागरण गिरोहसँग वार्ता गर्ने भनेकै छैन। तिनीहरूले राजनीतिकरण गरेर मौकामा चौका हान्दै छन्।

फुचुंग्री : तिहार मनाएर ती छ जनाले अब नयाँ क्रान्तिकारी कम्युनिस्ट पार्टीको नाम घोषणा गर्ने हुन् कि, कुन्नि तो ?

काका : उफ ! के के सोध्छे यो फुचुंग्री पनि ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार