काका र फुचुङ्ग्री (भाग ११)

फुचुङ्ग्री – काका ! नेपालबाट एमसिसि फिर्ता जाने भएछ र ?

काका – जानुपर्छ नानी, नेकपा (मसाल)ले एमसिसि राष्ट्रियताको हितमा छैन भनेर एक्लै र संयुक्त मोर्चाको आन्दोलनमा देशव्यापी सहभागिता देखाएको छ । नेपालको राजनीतिमा सँधै मसालले नेतृत्व गर्दै आइरहेको क्रान्तिकारी इतिहास छ ।

फुचुङ्ग्री – प्रचण्ड देउबा वली लगायत नेताहरुले त एमसिसि आयपछि देशमा विकासको मूल फुट्छ भन्छन् त ?

काका – उनीहरूले पेस्की खाइसकेको कुरा बजारमा हल्ला छ । एमसिसि उपाध्यक्ष फातिमासँग हुन्छ कोशिस गर्दैछौं भनिसकेका छन् । बाहिर जनताको आन्दोलन देखेर सक्कली एमसिसि विरोधी जस्ता अभिव्यक्ति दिएका पनि छन् । आजको मीडिया टेक्नोलोजीले उनीहरूको षड्यन्त्र बाहिर छताछुल्ल पार्दिएको छ । मर्नु न बौलाउनु भएका छन् ।

फुचुङ्ग्री – सधैं मसालले देश र जनताको हितमा बोल्छ तर जनताले साथ दिएको पाइँदैन नि, किन होला काका ?

काका – त पनि कति लाटी हो, चुनावमा नीति सिदान्त ले काम गर्दैन भन्ने कुरा थाहा छैन र, चुनावमा ठूला ठूला उद्योगपति व्यापारी दलालहरुले पैसा लगाउँछन् । एनसीएलले करोडौं रुपैयाँ चुनावमा दिएको कुरा बाहिरै आइसकेको थियो । साम दाम दण्ड भेद अपनाउँछन् । धुवाँधार प्रचार गर्छन्, पैंसा मासु रक्सीको खोलो बगाएर चुनाव जित्छन् ।

फुचुङ्ग्री – पढे लेखेका युवा वर्गले त ख्याल गर्नु पर्ने हो नि, यो गलत हो भन्ने ?

काका – सबै पार्टीमा युवा वर्गलाई अलग्गै प्रशिक्षण खुराक दिएर उनीहरूको ब्रेन्वाश गरिएको हुन्छ । युवालाई देश र जनताको हितमा सोंच्ने काम गर्ने भन्दा पनि पार्टीका नेताले जे भन्छन् त्यही गर्ने बानी परिसकेको हुन्छ, तिनीहरूलाई थाहै हुदैन हामी प्रतिक्रियावादी दलाल पुँजीवादी पार्टीको गोटी बनिरहेका छौं भन्ने । पैसा मासु रक्सीको तालमा भोट दिन्छन् अनि आफै महंगीको विरोधमा सडकमा टायर बाल्छन् ।

फुचुङ्ग्री – सधैं यस्तै भयो भने कसरी देशको अवस्था मा सुधार आउला र काका ?

काका – मसालमा भएका युवाहरुमा माओविचारधाराको पथप्रदर्शक क्रान्तिकारी सोंच छ, त्यही सोंचले देशैभरिका देशभक्त क्रान्तिकारी युवाहरुलाई कम्युनिष्टको रातो झण्डा मुनी गोलवन्द गर्नेछन् । हामीलाई विश्वास छ त्यही युवा वर्गले नेपालमा नयाँ जनवादी क्रान्ति सफल पार्नेछ । त्यसैले त देश युवाहरुको हातमा छ भनिएको हो ।

फुचुङ्ग्री – मसालमा टुटफुट विद्रोह कलह मात्रै भइरहन्छ, कसरी विश्वास गर्ने र ?

काका – एउटा जीवित पार्टीमा विचारको चलखेल हुने गर्छ, नयाँ नयाँ अनौठा अनौठा विचारहरू देखापर्ने गर्छन् । प्रतिक्रियावादी साम्राज्यवादी घुसपैठ भएको हुन्छ, अनुशासन मान्न नसक्ने जो कोही आउट हुन्छन् । ति आउट हुनेले जानेबेला अझ क्रान्तिकारीको नाटक गरेर दुई चार जना लैजान्छन् । पार्टी शुद्धीकरण अभियान निरन्तर रुपमा चलिरहन्छ । एक दिन पुरै देश मसालमय हुनेछ ।

फुचुङ्ग्री – मसालले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका जागरण क्लबका अगुवाहरूले मसाल सक्ने विद्रोह सुरु गरेकै हुन त ?

काका – तिनीहरू जस्ता कति आए गए, आफै सिधिन्छन् । मसालले एमालेको सरकारलाई समर्थन दियो विरोध गरे, समर्थन फिर्ता लियो त्यो पनि विरोध गरे । देउबा गठबन्धन सरकारको समर्थनको पनि विरोध, एमसीसी विरोधको पनि विरोध आखिर जे जे गरे पनि मसालको विरोध गर्ने, यिनीहरूको नियतमा नैं खोट छ । जागरण क्लबका मान्छेहरूको नियतमा खोट छ ।

फुचुङ्ग्री – के अब जागरण क्लबका अगुवाले मसालले घोषणा गरेको समन्वय गर्न वार्ता टोली गठनलाई पनि विरोध गर्ने हुन कि ?

काका – उफ् के के सोध्छे यो फुचुङ्ग्री पनि ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार