कान्तिपुरमा प्रकाशित का. आहुतिको लेखमाथि टिप्पणी

मनोज भट्ट ##
२०७८ साल कात्तिक १४ गतेको कान्तिपुर राष्ट्रिय दैनिकमा का. आहुतिको “राजावादी र वामपन्थी एकता” शीर्षकमा लेख प्रकाशित भएको थियो । सैद्धान्तिक तथा व्यावहारिक रूपमा राजावादीसँग कम्युनिस्ट वा वामपन्थीले राष्ट्रियताको रक्षाको सवालमा सहकार्य गर्नु हुँदैन भन्ने विषयमा नै मुख्यतया लेख केन्द्रित छ । उक्त लेखमा प्रकट गरिएका कतिपय विचार तथा प्रस्तुत तथ्यका विषयमा टिप्पणी गर्नुपर्ने आवश्यक देखिएकाले निम्नानुसारको टिप्पणी प्रस्तुत गरेको छु ।

१. का. आहुतिले आफ्नो लेखमा सैद्धान्तिक तथा व्यावहारिक रूपमा राजावादीसँग कम्युनिस्ट वा वामपन्थीले राष्ट्रियताको रक्षाको सवालमा सहकार्य वा एकतालाई अस्वीकार गर्नुभएको छ । यस्तो एकताले नेपाल र नेपाली जनताका निम्ती नभएर सङ्कटग्रस्त उग्र प्रतिगामी राजावादी सङ्गठनको सशक्तीकरणका निम्ति बल पुग्ने उहा“को निष्कर्ष छ । त्यसैले लेखकले भदौको तेस्रो साता एमसिसी परियोजना विरुद्ध सङ्घर्षरत २२ वामपन्थी सङ्गठनको कार्यगत मोर्चामा विनागम्भीर विमर्श राजावादी सङ्गठनलाई सामेल गर्ने लगायतका कार्यप्रति विरोध वा असन्तुष्टि प्रकट गर्नुभएको छ ।

कार्यगत एकता कोसँग गर्ने वा नगर्ने ? कुराको निक्र्योल तत्कालीन राजनैतिक परिस्थितिले निर्धारण गर्दछ । त्यसैले नेकपा (मसाल) ले वर्तमान राजनैतिक परिप्रेक्ष्यमा राजावादीसँगको सहकार्य वा कार्यगत एकतालाई अस्वीकार गरेको छ ।

२. सैद्धान्तिक रूपमा राजावादीसँग कम्युनिस्ट वा वामपन्थीले राष्ट्रियताको रक्षाको सवालमा सहकार्य गर्नुहँुदैन भन्ने लेखकको विचार सही छैन । राजावादीसँगको सहकार्यलाई सैद्धान्तिक रूपले अस्वीकार गरेर ढोकाबन्दको नीति अपनाउनु राजनीतिक तथा सैद्धान्तिक रूपमा गलत हुन्छ तर व्यावहारिक रूपमा वा वर्तमानको राजनैतिक परिस्थितिको सन्दर्भमा गणतन्त्रमाथि प्रतिगामी कोणबाट तीव्र प्रहार भइरहेको छ । २०६२–६३ सालको जनआन्दोलनका उपलब्धि गुम्ने खतरा पैदा भएको छ । राजावादीसँग कुनै पनि माग वा मुद्दालाई लिएर गरिने सहकार्य वा कार्यगत एकताले गणतन्त्रलाई कमजोर पार्ने तथा राजावादीलाई जनताका बिच चोख्याउने कार्य कम्युनिस्ट, वामपन्थी वा गणतन्त्रवादी शक्तिले गर्नु हुँदैनन् । वर्तमान अवस्थामा देखिएका सम्पूर्ण असन्तोषलाई राजावादीले गणतन्त्रका विरुद्ध प्रयोग गरेर देशको राजनीतिलाई प्रतिगामी दिशामा लैजान प्रयत्न गरिरहेका छन् । त्यसैले उनीहरूसँग कुनै पनि प्रकारको सहकार्य वा कार्यगत एकता गर्नु हुँदैन । त्यस अर्थमा व्यावहारिक रूपमा वा वर्तमानको राजनैतिक परिस्थितिका कारण राजावादीसँगको सहकार्यलाई अस्वीकार गर्ने लेखकको विचार सही छ । कार्यगत एकता कोसँग गर्ने वा नगर्ने ? कुराको निक्र्योल तत्कालीन राजनैतिक परिस्थितिले निर्धारण गर्दछ । त्यसैले नेकपा (मसाल) ले वर्तमान राजनैतिक परिप्रेक्ष्यमा राजावादीसँगको सहकार्य वा कार्यगत एकतालाई अस्वीकार गरेको छ । सङ्घीयता, एमसिसीका विरुद्ध राजावादीसँग हाम्रो नीति मेल खाए पनि अहिलेको अवस्थामा ती मुद्दालाई समेत गणतन्त्रका विरुद्ध प्रयोग गरिरहेका हुनाले उनीहरूसँग कुनै पनि प्रकारको सहकार्य नगर्ने कुरा पहिलेदेखि नै नेकपा (मसाल) ले आफ्नो धारणा सार्वजनिक गर्दै आएको छ । यहा“सम्म कि ओलीसमेत प्रतिगमनको पक्षमा रहेका कारण ओली पक्षसँग पनि राष्ट्रियता वा सङ्घीयताको सवालमा तत्काल सहकार्य हुन सक्दैन ।

३. २२ दलीय मोर्चामा एमसिसीका विरुद्ध राजावादीलाई सामेल गरिएकोमा लेखकले गर्नुभएको विरोध वा प्रकट गरिएको असन्तुष्टि निश्चित रूपले सही छ तर लेखकको त्यो भनाइले हाम्रो सवालमा केही भ्रम पनि उत्पन्न गराउने कार्य भएको छ । त्यसबारे केही स्पस्टताको आवश्यकता छ । राजावादी सङ्गठनलाई २२ दलीय मोर्चामा सामेल गरेका कारण २२ दलीय मोर्चाको बैठमा नेकपा (मसाल) ले त्यो कार्यको विरोध गरेको थियो । त्यसका साथै राजावादी सम्मिलित कार्यक्रमबाट आफूलाई अलग राख्दै आएको छ । त्यस सवालमा लेखक मौन रहनुले नेकपा (मसाल) पनि राजावादीसहितका सङ्गठनहरू सम्मिलित २२ दलीय मोर्चाको कार्यक्रममा सहभागी रहेको सन्देश सम्प्रेषण भएको छ, जुन गलत छ ।

राजावादी सम्मिलित २२ दलिय मोर्चाको तर्फबाट भाद्रको अन्तिम साता प्रादेशिक तथा असोज २२ गते काठमाडौँको माइतीघर मण्डलामा आयोजित केन्द्रीयस्तरको कार्यक्रममा हाम्रो कुनै सहभागिता थिएन र छैन ।

४. २२ दलीय मोर्चाको नेकपा (मसाल) तथा राष्ट्रिय जनमोर्चा विगत लामो समयदेखि एउटा मुख्य घटक रहिआएको छ । त्यसैले राजावादीसँगको सहकार्यमा हाम्रो पनि सहमति रहेको वा हामी पनि राजावादीसँग मिलेर एमसिसी विरुद्धको सङ्घर्षमा सामेल रहेको भ्रमपूर्ण सन्देश जनतामा प्रवाहित हुन गएको छ । २२ दलीय मोर्चाले एमसिसीका विरुद्ध राजावादी सङ्गठनलाई सामेल गर्ने कुरालाई नेकपा (मसाल) ले दृढताका साथ विरोध गर्नुका साथै राजावादी सङ्गठनलाई सामेल गरि गरिने सङ्घर्षबाट आफूलाई पृथक् राखेर एमसिसीका विरुद्ध एकल रूपमा सङ्घर्षका कार्यक्रमलाई अगाडि बढाइरहेको छ । राजावादी सम्मिलित २२ दलिय मोर्चाको तर्फबाट भाद्रको अन्तिम साता प्रादेशिक तथा असोज २२ गते काठमाडौँको माइतीघर मण्डलामा आयोजित केन्द्रीयस्तरको कार्यक्रममा हाम्रो कुनै सहभागिता थिएन र छैन । हामीले प्रष्ट र दृढ रूपमा त्यो आन्दोलनमा राजावादीलाई सामेल गर्ने कुरामा विरोध गरेका छौँ तर स्वयम् लेखक नेतृत्वको समूहसमेत राजावादीसहित मिलेर एमसिसीका विरुद्ध २२ दलीय मोर्चामा सामेल हुनुले वा ती कार्यक्रमबाट पृथक् नहुनुले उहा“को विचार र व्यवहारका बिचमा एकरूपता देखिएन ।

५. का. मोहन वैद्यले एउटा टेलिभिजन अन्तर्वार्तामा राजावादी र वामपन्थीबिचको सहकार्य राम्रो भएको र राजावादीहरू नया“ ढङ्गले आउ“छन भने हामीले पनि नया“ ढङ्गबाट सोच्नुपर्ने हुन्छ भन्ने विचार प्रकट गर्नुभएको छ । उक्त विचारप्रति लेखकले आपत्ति प्रकट गर्नुभएको छ । लेखकले प्रकट गर्नुभएको विरोध सही छ । वर्तमान राजनैतिक परिस्थितिको संवेदनशीलतालाई अर्थात् गणतन्त्रमाथिको खतरालाई उपेक्षा गरेर एमसिसीका विरुद्ध बैद्य समूहले राजावादी सङ्गठनसँग गरेको सहकार्यको औचित्य पुष्टि गर्न उक्त विचार प्रकट गरेको कुरा स्पस्ट नै छ, जुन गलत छ । नेपालमा राजावादीले लोकतन्त्रमाथि प्रहार तीव्र पारेको र जनआन्दोलनका उपलब्धि खतरामा परेको अवस्थामा का. बैद्यले प्रतिगमनको खतरा नरहेको भनेर जनताको ध्यान प्रतिगमन विरुद्धको सङ्र्घषबाट अन्यत्र मोड्ने गर्नुभएको छ । विगतमा पनि उहा“ले राजतन्त्रको पुनस्र्थापनालाई “स्यालहुइया” बताउनुभएको थियो तर परिणामले ज्ञानेन्द्रले सत्ता हातमा लिएर राजतन्त्रको पुनसर््थापना गरेका थिए ।

राजावादीहरू शक्तिमा भएका कारण वर्तमान उपलब्धि उल्टिन सक्ने खतरा रहेकाले प्राप्त उपलब्धिको रक्षामा जोड दिनुपरेको हो तर कार्यनीतिक रूपले गणतन्त्रको विपक्षमा नारा अगाडि सारेपछि गणतन्त्रको विपक्षमा आउने अन्य सहयोगी शक्ति र गौण दुश्मनसँग सहकार्य गर्नुपर्ने ढोका खुल्ला हुने भएकाले बैद्य माओवादी, विप्लव तथा हाम्रो पार्टीबाट अनुशासनको कारबाहीमा परेकालाई राजावादी शक्तिहरूको नजिक पुर्याइदिएको छ ।

६. लेखकले लेखमा एकातर्फ कम्युनिस्ट वा वामपन्थी र राजावादीका बिचको एकता सैद्धान्तिक व्यावहारिक दृष्टिकोणले आजको आवश्यकता बन्न सक्दैन भनेर जोड दिनुभएको छ । आजको आवश्यकता विपरीत विभिन्न विषयमा राजावादी सङ्गठनसँग भइरहेको एकताको पनि विरोध गर्दै विगत ७० वर्षको जनताको सङ्घर्षबाट प्राप्त कैयौँ प्रगतिशील उपलब्धिको रक्षाको दायित्व पनि कम्युनिस्ट वामपन्थीको काँधमा रहेको स्वीकार गर्नुभएको छ । राजावादीहरू गणतन्त्र र कतिपय राजनैतिक उपलब्धिप्रति जनताको वितृणा जगाउन उद्यत रहेको विचार प्रकट गर्नुभएको छ । यी विचार अहिलेको वास्ताविकतासँग मेल खान्छन् तर अर्कोतर्फ बैद्य माओवादी, विप्लव वा हाम्रो पार्टीबाट अनुशासनमा कारबाहीमा परेकाहरू कार्यनीतिक रूपले गणतन्त्रको विपक्षमा रहेका छन । वर्तमान अवस्थामा यो गणतन्त्रको कुनै आवश्यकता र औचित्य नभएको भन्दै जनगणतन्त्रको नारा अगाडि सारेका छन । कार्यनीतिक रूपले गणतन्त्रको विपक्षमा हुनुको अर्थ हुन्छ– तत्कालका लागि गणतन्त्रलाई निषेध गर्न सक्ने स्तरको शक्तिको रूपमा आफूलाई विकास गरेका छन भन्ने हुन्छ । त्यस्तो अवस्थामा मुख्य शत्रु “दलाल पुँजीवादी व्यवस्थाका” विरुद्ध कमजोर र गौण शत्रु राजावादीसँग सहकार्य गर्ने नीति अपनाउनुपर्ने हुन्छ तर वस्तुस्थिति ठिक त्यसको विपरीत छ । यदि राजावादी शक्ति कमजोर वा विचारको स्तरमा मात्रै अस्तित्वमा भएको भए त्यसबाट ७० वर्षको जनताको सङ्घर्षबाट प्राप्त कैयौँ प्रगतिशील उपलब्धिमाथि उनीहरूबाट खतरा हुँदैनथ्यो । राजावादीहरू शक्तिमा भएका कारण वर्तमान उपलब्धि उल्टिन सक्ने खतरा रहेकाले प्राप्त उपलब्धिको रक्षामा जोड दिनुपरेको हो तर कार्यनीतिक रूपले गणतन्त्रको विपक्षमा नारा अगाडि सारेपछि गणतन्त्रको विपक्षमा आउने अन्य सहयोगी शक्ति र गौण दुश्मनसँग सहकार्य गर्नुपर्ने ढोका खुल्ला हुने भएकाले बैद्य माओवादी, विप्लव तथा हाम्रो पार्टीबाट अनुशासनको कारबाहीमा परेकालाई राजावादी शक्तिहरूको नजिक पुर्याइदिएको छ । त्यसैले कार्यनीतिक रूपले गणतन्त्रको समर्थन र रणनीतिक रूपले त्यसको विरोधको कार्यनीति र रणनीतिका बिच उचित सन्तुलन मिलाउन सके मात्र तत्कालीन राजनीतिक परिस्थितिमा सही नीति अपनाउन सकिन्छ ।

२०७८ कात्तिक २२
बुटवल

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार