कार्यकर्तालाइ आर्थिक सहयोग

चंडीगढ़ –पिजीआई) । जिल्ला सर्लाही मलंग्वा गाउँपालीका ९, चन्द्रनगर स्थायी निवासी, अर्घाखाँची माइत भएकी तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर विभाग संगरूरकी सक्रिय कार्यकर्ता मञ्जु शर्मा विगत केही दिनदेखि पीजीआई चण्डीगढमा मुटुरोगको उपचारको लागि भर्ना हुनुहुन्छ ।

आर्थिक स्थितिले कमजोर मञ्जु शर्माको उपचार खर्च ३ लाख हुने बताइएको निवेदन सहित सहयोगको अपिल मूल प्रवाह चण्डीगढ़मा गर्नु भएको हुँदा मूल प्रवाह चण्डीगढ़ले १० हजार सहयोग गर्ने सहमती अनुसार क्षेत्रीय सदस्य प्रेम आचार्य र नगर सचिव तेजवहादुर रोका पिजीआई पुगी सहयोग हस्तान्तरण गर्नुभएको छ । अहिले वहाँको आपरेशन पनि सफलता पूर्वक सम्पन्न भएको छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार