किसान उद्यमी युबाहरु राजमोमा प्रवेश

दाङ । दाङको घोराही उपमहानगरपालिका ९ का किसान उद्यमी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न ।

लामो समयसम्म विभिन्न पार्टीमा रहेका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यले सैद्धान्तिक राजनीतिक कुरा गरि मोटिभेसन गरि युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गर्न तयार भएका हुन् ।

जिल्ला अध्यक्ष गणेश आचार्यले नब प्रबेसिहरुलाई पार्टीको सदस्यता दिंदै आस्था र निष्ठाको राजनीति गर्दै समाज रुपान्तरण गर्नु पर्ने र कृषि उध्ययमलाई ब्यबस्थित र बैज्ञानिक बनाउँदै युबाहरुलाई स्वरोजगार बनाउने र स्वाभिमानको राजनीतिलाई अगाडि बढाउने कुरा बताउनु भएको थियोे ।

भोला नाथ सर्माको नेतृत्वमा ओबिराम भण्डारी, दामोदर भण्डारी, सुबास बञ्जाडे र खेतुलाई भण्डारी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् । प्रवेश गर्दै युबाहरुले आफ्नो ठाउँमा व्यापक स्तरमा संगठन बिस्तार गर्ने योजना समेत बनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार